७ आश्विन २०८१ सोमबार
image/svg+xml

वडाध्यक्षसहित नौजना पक्राउ

लकडाउनलाई चुनौती दिँदै बान्निकी चैतली मेला सञ्चालन गरेको आरोपमा प्रहरीले चार वडाध्यक्ष र मन्दिरका पुजारीसहित नौजनालाई पक्राउ गरेको छ।

कालोबजारीमा संलग्न अग्रवालको पद खारेज

कालोबजारी गरेको आरोपमा पक्राउ परेका नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध ब्राउनसुगरसहित २ युवा पक्राउ

आफ्नै सुरक्षाका लागि घरमै बस्न सरकारले जारी गरेको लकडाउनका बेला पनि प्रहरीको आँखा छलेर रातारात जंगलको बाटो गरेर लागुऔषध ओसारपसार तथा कारोबार गर्ने क्रम उदयपुरमा रोकिएको छैन। लकडाउन सुरु भएको १६औं दिनभित्र तेस्रोपटक लागुऔषधसहित युवाहरु पक्राउ पर्नुले यो कुराको पुष्टि गरेको छ।

श्रीमती र छोरीलाई जलाउन खोज्ने श्रीमान पक्राउ

सुनसरीमा एक साताअघि श्रीमती र छोरीलाई जलाउने खोज्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. १० का ३५ वर्षे सियाराम उरावलाईं पक्राउ गरेको हो। पक्राउ परेका उनलाईं मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ।

निलो प्लेटको गाडी चढेर संकटमा कालोबजारी

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ परेका छन्। त्यो पनि कुटनीतिक निगोगको सवारी सधान प्रयोग गरेर कालोबजारी गरेको अवस्थामा। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको हो। कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका २०९८ सीसी वान नम्बरको निलो प्लेटको गाडी प्रयोग गरेका थिए।

लागुऔषध गाँजासहित दुई पक्राउ

लकडाउनको मौका छोपी लागुऔषध जाँगा व्यापार गर्ने दुई जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ विशेष सुराकीको आधारमा उदयपुर एक र सप्तरीका एक जनालाई गाँजासहित पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ।

स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ

नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन्।

बढी मूल्य लिने व्यापारी पक्राउ

कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ।

लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।

मानेभञ्ज्याङ नाकाबाट छिरेका आठजना पक्राउ

पूर्वी भारतीय सीमा नाका मानेभञ्ज्याङबाट प्रवेश गरेका ८ जनालाई प्रहरीले पक्रेको छ। भारतबाट काम गरेर आएका कामदार नाका छिरेर आएपछि बुधबार पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्