७ आश्विन २०८१ सोमबार
image/svg+xml

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जनकपुरमा मास्क नलगाई हिँडडुल गर्ने पक्राउ

जनकपुरमा मास्क नलगाइ हिँडडुल गर्ने एक सय ५० जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला संकट व्यवस्थापन समितीको निर्णय अनुसार सोमबार दिउँसोसम्म एक सय ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ‘सर्वसाधारणलाई पटक–पटक मास्क लगाएर हिड्न आग्रह गरिरहेका छौं ।

दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

राजपुर बमकाण्डका अर्का आरोपी पक्राउ

चर्चित राजपुर बमकाण्डका फेरी अर्का आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते भएकाहरूलाई राजा इँटा उद्योग सम्म ट्याक्टरमा लोड गरेर इँटा भटामा जलाइएको आरोपमा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

चौविसे गाउँपालिकाकी १७ वर्षीय किसोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौविसे गाउँपालिका–८ सोक्रोक्पाका वर्ष २२ का भीम लिम्बु र वर्ष १७ का रिबल लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ ।

वडाध्यक्षमाथि आक्रमणको आरोपमा पक्राउ

दाङ शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ।

राजश्व हिनामिनाको आरोपमा प्रशासन सहायक पक्राउ

वडा कार्यालयको राजश्व हिनामिना गरेको भन्दै वीरेन्द्रनगर–४ नम्बर वडा कार्यालयका प्रशासन सहायक पक्राउ परेका छन् । वडा कार्यालय भैरवस्थानमा कार्यरत करार सेवाका प्रशासन सहायक रत्नबहादुर विक पक्राउ परेका हुन् ।

मोटरसाइकल चोरी आरोपमा १२ पक्राउ

कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।

हत्या आरोप लागेका चार जना सार्वजनिक

गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ।

१३ लाख बढी मूल्यको अवैध केराउ पक्राउ

चोरी निकासी गरीरहेको अवस्थामो आइतबार दिउँसो १३ लाख बढी मूल्यको सेतो केराउ कपिलवस्तुमा फत्राउ गरिएको छ ।

अवैध जडिबुटी र सालको काठसहित ६ जना पक्राउ

धादिङ प्रहरीले अवैध जडिबुटीसहित चार जनालाई पक्राउ गरेको छ । रुविभ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा चेकजाँच गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ।

घरमा लुकाईएको गाँजासहित वडाध्यक्ष पक्राउ

बाग्लुङ प्रहरीले बाग्लुङ निसिखोला गाँउपालिकाका –६ का वडाध्यक्ष सुर्यबहादुर घर्तीलाई लागु औषधसहित पक्राउ गरिएको छ । घर्तीले घरमा लुकाई रहेको ८६ किलो ५ सय ग्राम गाँजाको मसिनो धुलोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लगाइराखेको सुन चुँडालेर भाग्ने दुई जना पक्राउ

भक्तपुरको उतरी क्षेत्रमा रहेको त्रिसुलडाँंडामा एकजना महिलाले कानमा लगाइराखेको सुन चुँडालेर लुटी भाग्ने दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका तेलकोट त्रिसुलडाँडामा रहेकी महिलाको कानबाट सुन चुँडालेर भाग्ने ती दुई जनालाई प्रहरीले लखेटेर पक्राउ गरेको जनाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्