७ आश्विन २०८१ सोमबार
image/svg+xml

जबरजस्तीकरणी गरी फरार युवक दुई वर्ष पछि पक्राउ

महिलालाई जबरजस्तीकरणी गरी फरार भएका कपिलवस्तुको महाराजगंज नगरपालिका–३ जमुनीमा एक युवक दुई वर्ष पछि पक्राउ परेका छन । घटना पछि फरार रहदै आएका ३६ वर्षीय विपद पासीलाई प्रहरीले बिशेष सुराकीका आधारमा पक्रेको हो ।

पन्ध्र वर्षदेखि फरार वन्यजन्तु अपराधका अभियुक्त पक्राउ

विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ ।

विप्लवको सुनसरी जिल्ला इञ्चार्ज पेस्तोलसहित पक्राउ

नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई प्रहरीले धरानबाट हतियारसहित पक्राउ गरेको छ । धनकुटाको शहिदभुमी गाउँपालिका ६ घर भएका २७ बर्षीय रोशन राईलाई बुधबार राती धरान १५ बाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्याल धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राई नेकपा विप्लव समुहको जिल्ला इञ्चार्जको जिम्मेवारीमा भएको पनि डिएसपी बस्नेतले बताए ।

लागूऔषध कारोबारमा सुरक्षाकर्मी नै संलग्न ! प्रहरी निरीक्षक शाही पक्राउ

लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागूऔषध कारोबारमा संलग्न रहेको भेटिएका हो।

चिठ्ठा परेको भन्दै करोडौँ ठगी, सात पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

त्रिपालले छोपेर १० यात्रु काठमाडौं लैजान खोज्ने चालक पक्राउ

त्रिपालले छोपेर १० जना यात्रु काठमाडौं लैजाने क्रममा जिल्ला प्रहरी कार्यालयले सेलेघाट नाकाबाट चालकलाई प्रक्राउ गरेको छ । गाडी नम्बर लेखाउने क्रममा प्रहरीले शंका लागेर त्रिपाल उठाएर हेर्दा दस जना यात्रूलाई सुताएर काठमाडौ लैजान लागेको फेला पारेपछि चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए ।

लागुऔषधसहित तीन जना पक्राउ

नेपालमा बिक्री बितरण र ओसारपसारमा प्रतिबन्धित रहेको बिभिन्न खाले लागु औषधसहित बेग्लाबेग्लै घट्नामा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको छ ।

१० वर्षपछि बम विस्फोटका आरोपित पक्राउ

१० वर्षपहिले गुडिरहेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ ।

प्रहरीको मोष्ट वान्टेड यादव १० वर्षपछि पक्राउ

बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका बाँके डुडुवा गाउँपालिका वडा नम्बर ३ का धर्मासिंह भनिने राजेश यादव १० वर्षपछि पक्राउ परेका छन् ।

बहुविवाह गरेको ७ वर्षपछि पक्राउ

जेठी श्रीमती आशाकुमारी साहले आफू हुँदाहुँदै पति साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग २०६९ मा विवाह गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन्।

११ वर्षिया छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा पसार्को ठोरीबाट एक व्यक्ति पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ स्याउलीबस्तीका अन्दाजी ३५ वर्षीय ब्यक्ति पक्राउ परी अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

जुवाको खालबाट सात युवा पक्राउ

बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा ७१ हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन्।

कटुवा बन्दुकसहित रौतहटमा एक युवक पक्राउ

इलाका प्रहरी कार्यालय गरुडाले कटुवा बन्दुक र त्यसमा लाग्ने दुई थान गोलीसहित एक युवकलाई शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ८ जयराजपुरका हुसेनी अन्सारीका ४० वर्षका छोरा कर्मुल्लाह अन्सारी रहेको इप्रका गरुडाले जनाएको छ ।

एम्बुलेन्समा गाँजा र ट्यांकरमा रक्सी बरामद, पाँच जना पक्राउ

पर्सामा एकै दिन एम्बुलेन्सबाट गाँजा र पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको छ । बेग्ला बेग्लै ठाउँबाट यसमा संलग्न एम्बुलेन्ससंग ३ जना र ट्यांकरसंग २ जना गरी प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

राजपुर हत्याकाण्डका अर्का अभियुक्त पक्राउ

चर्चित राजपुर हत्याकाण्डका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हाल हाल राजपुर नगरपालिका वडा नम्बर ४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते हुनेहरुलाई जलाइएको भनिएको राजा इँटा उद्योगका एकजना मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्