१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

११ वर्षिया छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा पसार्को ठोरीबाट एक व्यक्ति पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ स्याउलीबस्तीका अन्दाजी ३५ वर्षीय ब्यक्ति पक्राउ परी अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।  

११ वर्षीया छोरीलाई बलात्कारको प्रयास गरेका ब्यक्तिलाई आइतबार राति करिब ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सुरुमा बलात्कार भनेर चर्चामा आएको घट्ना बलात्कारको प्रयास सम्बन्धी हो भनि पर्सा कि प्रहरी उपरीक्षक गँगा पन्तले जानकारी गराईन् । ‘पछिल्लो घट्ना एटेम्पट टु रेप (बलात्कारको प्रयास)को हो, त्यसअघि बलात्कारको हिस्ट्र (बिगतको घट्ना) छ कि छैन भनेर हामीले अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उपरीक्षक पन्तले नागरिकलाई भनिन, ‘अहिले बलात्कारको आरोपमा आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, पछि अनुसन्धानमा के आउछ त्यसै अनुसार मुद्दा पनि बढ्छ ।’

आरोपी ब्यक्तिले छोरीलाई अँगालो मारेर यौन गतिबिधि गर्न खोजेपछि बालिकाले चिच्याउँदै ठूली आमालाई बोलाएकी थिइन् । पीडित बालिकाले यसबारे परिवार र छरछिमेकमा जानकारी गराएपछि घटना बाहिरिएको हो । इलाका प्रहरी कार्यालय ठोरीले आरोपित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानका लागि वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको हो । 

प्रकाशित: १ असार २०७७ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App