५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषधसहित तीन जना पक्राउ

नेपालमा बिक्री बितरण र ओसारपसारमा प्रतिबन्धित रहेको बिभिन्न खाले लागु औषधसहित बेग्लाबेग्लै घट्नामा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको छ ।  

मंगलबार राति करिब ११ बजेको समयमा प्रहरीले बिन्दबासिनी गाउँपालिका–५ मधुवलबाट वीरगन्ज–१० का २० वर्षीय लागुऔषध तस्कर सोहेल आलम र सोही ठाउँ बस्ने उनका सहयोगी २० वर्षीय शिव साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू एक सय ९० पिस ‘स्पास प्राक्स’ बोकेर सिमावर्ती मधुवलबाट ना ४६ प ९०६५ नम्बरको मोटरसाइकलमा वीरगन्जतर्फ आइरहेका थिए ।  

जिल्ला प्रहरी र प्रसौनीभाठ्ठा चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । त्यस्तै वीरगन्ज १५ पानीट्यांकी बस्ने वर्ष २७ का मुन्ना कुमार गुप्तालाई ५४ पिस लागु औषध इन्जेक्सन सहित प्रहरीले मंगलबार नै दिउँसो करिब साढे ३ बजे पक्राउ गरेको थियो ।

उनी २–०३–००२ प ००७८ नम्बरको स्कुटीमा लागुऔषध इन्जेक्सन डाईजोपाम १८ पिस, नुर्फिन १८ पिस र फेनार्गन १८ पिस बोकेको अवस्थामा पक्राउ परेको प्रहीले जनाएको छ । फेला परेकोले सो लागुऔषध र स्कुटी सहित गुप्तालाई नियन्त्रणमा लिई उनी उपर समेत लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १० असार २०७७ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App