५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन्।

वर्षाले मेलम्चीको अस्थायी पुल र ट्रयाक क्षतिग्रस्त

वर्षा याम सुरु भएसँगै मेलम्ची नदीमा आएको बाढी पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स जाने सडक र तीनवटा अस्थायी पुलमा क्षति पुर्‍याएको छ।

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्ताका उद्धार अधिकारीहरुले दिएको समाचार अनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन्।

सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको।

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको संख्या एघार पुग्यो

दुई दिनको मुसलधारे वर्षाले राजधानीका सडक र सबवे स्टेशनमा बाढी पुगेको छ । राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रेकर्ड गरेको राष्ट्रपति युन सुक–योलले बताए।

खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी फेरि खोलामै

नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन्। जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन्। पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउ छन्।

सप्तकोसीको बाढी तत्काल नियन्त्रण गर्न असम्भव: मन्त्री कार्की

कार्कीका अनुसार सप्तकोसी एक्कासी बस्तीमा पसेको नभई करिब एक महिना पहिलेदेखि नै धार परिवर्तन गरी पश्चिमतर्फको भाग कटान गर्दै आएको थियो। यस बीचमा नदी बस्तीमा पस्न नदिन प्रदेश सरकार, स्थानीय सरकार लगायतका निकायले सकेको प्रयत्न गरेका थिए। तर, प्रकृतिसँग कसैको केहि लागेन अन्ततः कोसीको एउटा भंगाले बाँधेको बाँध तोडेर बस्तीतर्फ पस्यो।

बाढीको सूचना दिने हेरालु परिचालन

चनाको आधारमा नजिकको चौकीबाट घटनास्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ।

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।

विभिन्न भागमा बाढी र पहिरो

केही दिन यता परेको अविरल वर्षाले पहिरो जाँदा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। केही जिल्लासँगको यातायात सम्पर्क टुटेको छ।

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे–बेँसीसहरको देउराली डाँडाको सडक बगाएपछि वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए।

बाढी पीडितलाई पानीका पाइप वितरण

संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्बन्धित वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाई वितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलबार जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।

चितवनका पचास हजार परिवार बाढीको जोखिममा

जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

मनाङको दुखः वर्षा लाग्यो, डरैडरमा रात बित्छ

अघिल्लो असारको पहिलो साता हिमाली जिल्ला मनाङ बाढीपहिरोको चपेटामा पर्यो। मानवीय क्षति नभएपनि बाढीपहिरोले ठुलो आकारमा भौतिक नोक्सान पुर्यायो। मस्यार्ङदी नदी किनारका बासिन्दा बिस्थापित भए। बिस्थापित बासिन्दा लामो समयसम्म घर फर्किन सकेनन्। गाउँले बिस्थापित त भए नै मनाङ जोड्ने एकमात्र मुल सडक अवरुद्ध हुँदा महिनौं यातायात ठप्प भयो। हेलिकप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरेर जिल्लाबासीले महिनौं गुजारा चलाए। एक वर्षअघिको बाढीबाट बिस्थापित बासिन्दा अहिलेको वर्षायाममा पनि उत्तिकै त्राहिमाम छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्