coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी फेरि खोलामै

फाइल तस्बिर

गत वर्षको बाढीपछि अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि रु ड करोडभन्दा बढी खर्च भइसकेको छ। बाढीले पुरिएको बस्ती खोतल्दै स्थानीयवासी पुरानै थलोमा बस्न थालेका थिए, तर मेलम्ची बजार क्षेत्र फेरि जोखिममा परेको छ।

खोलाको बग्ने धार परिवर्तन भइरहेको छ, जीर्ण बनेको झोलुङ्गे पुल फेरि बाढीको उच्च जोखिममा छ। केही दिनदेखिको वर्षाका कारण यसै पनि जोखिममा रहेको मेलम्ची बजार थप जोखिममा परेको छ। मेलम्ची नदीमा आइरहने बाढीले बस्तीका नागरिकमा त्रास थपेको छ। मेलम्ची नदीले धार बदलिरहेको छ।

नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन्। जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन्। पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउ छन्।

नदीलाई पुरानै लयमा फर्काउनकै लागि गएको असार अन्तिमसम्म पनि खोलाभरि तटबन्धको काम चलेको थियो। तर खोलाले निरन्तर गेग्रार ल्याएर मेलम्ची दोभान क्षेत्रमा थुपारेपछि तटबन्ध पुरिएर खोला वारपार हुँदै बग्न थालेको छ। जसका कारण खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी खेर गएको छ। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ नदीले गर्ने क्षति नियन्त्रणका लागि अझै पनि काम भइरहेको बताउ छन्।  

उनले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेको बताए। लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन्। नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन।  

गत वर्षको बाढीपश्चात भूगर्भविद्हरूले मेलम्ची खोलाको तटीय क्षेत्रमा बसोबास नगर्न सुझाव दिएका छन्। तर पनि स्थानीयवासीले थातथलो नछाडेका कारण जनधनको क्षति हुनसक्नेतर्फ भने सबैको ध्यान पुग्न जरुरी छ। रासस

प्रकाशित: २२ श्रावण २०७९ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App