७ आश्विन २०८१ सोमबार
image/svg+xml

लागुऔषध सहित पाँच पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई प्रहरी बरामद गरिएको लागुऔषध सहित शनिबार सार्वजनिक गरेको छ।

अरुका नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

अरुका नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। एसइइको ग्रेड वृद्धि परीक्षा अन्र्तगत शनिबार संचालन भएको बिज्ञान विषयको परीक्षा दिइरहेका परीक्षार्थीलाइ प्रहरीले पक्राउ गरको हो।

लागूऔषधसहित दुई  पक्राउ

सर्लाहीकाे पर्सा गाउँपालिका २ स्थित संग्रामपुरबाट सशस्त्र प्रहरी (एपीएफ) काे टाेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

छाेरा अपहरणमा परेकाे गलत सूचना दिने पक्राउ

छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैतडी पाटन स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले विहिवार नियन्त्रणमा लिएको हो।

छाेरीकाे हत्या अाराेपमा बाबुअामा सहित चार पक्राउ

एक किशोरीको हत्या आरोपमा बारा प्रहरीले उनका बाबुआमा सहित चार जनालाई नियन्त्रणमा लिएको छ। कलैया उपमहानगरपालिका ५ बस्ने १७ बर्षीया प्रियंका मिश्राको हत्यामा परिवारकै संलग्नता रहेका अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ।

चन्द नेतृत्वकाे नेकपाका गोरखा इन्चार्ज पक्राउ

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा गोरखाका इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका १२ दशकिलो स्थित घरबाटै उनलाई गोरखा प्रहरीले विहिवार दिउँसो नियन्त्रणमा लिएको हाे।

लागूऔषध सहित दुई युवा पक्राउ

ताप्लेजुङ प्रहरीले लागूऔषध सहित दुई युवालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नं. ७ बस्ने २६ वर्षीय करन गुरुङ र वडा नं. ४ बस्ने ३० वर्षीय डायमण्ड कार्की रहेका छन्।

पशु करणीका अाराेपी पक्राउ

बलात्कारका घटना बढिरहेका बेला कैलालीको लम्कीमा एक व्यक्ति भने गौ करणीको आरोपमा पक्राउ परेका छन। जानकी गाउँपालिका खरगुहारका विकास चौधरी गौ करणीको आरोपमा पक्राउ परेका हुन।

कस्तुरीको बिनासहित चार  पक्राउ

संरक्षित बन्यजन्तु कस्तुरीको बिना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म

मधेस आन्दोलनका क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेश मन्त्रीको कुर्सीसम्म पुगेका छन्।

विप्लव माओवादीका प्रवक्तालाई चन्दा मुद्दा, ७ करोड असुलेको दाबी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले चन्दा असुली ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। ४९ वर्षीय विश्वकर्मा मंगलबार साँझ दक्षिणकाली १ चाल्नाखेलबाट पक्राउ परेका थिए।

लागूऔषध सहित एक पक्राउ

प्रहरीले ठूलो परिमाणकाे लागूऔषध सहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका १ दरहियाबाट बुधवार बिहान एक युवकलाई पक्राउ गरेको छ।

चन्द माओवादीका प्रवक्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन्। विश्वकर्मालाई दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ मंगलबार साँझ पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए। उनीमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

नक्कली पेस्तोलसहित दुई जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ।  परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्