७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कस्तुरीको बिनासहित चार  पक्राउ

काठमाडौं- संरक्षित बन्यजन्तु कस्तुरीको बिना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिबन बस्नेत रहेका छन् ।

उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: २४ श्रावण २०७५ ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App