८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषध सहित एक पक्राउ

लहान - प्रहरीले ठूलो परिमाणकाे लागूऔषध सहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका १ दरहियाबाट बुधवार बिहान एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बर्दियाको मोतीपुर ४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ। जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता, स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस

प्रकाशित: २३ श्रावण २०७५ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App