६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।

संसद्को पहिलो बैठक कुन नियमले चल्दैछ ?

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठक कुन नियमले चलाउने विषयमा सहमति गराउन शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्।

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते आह्वान गरेकी छिन्।

लोसपा कता?

प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्।

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन्।

शपथअघि जबराले दलसँग छलफल गर्ने

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्ने भएका छन्।

संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू

प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो।

यसरी अघि बढ्दैछ नयाँ प्रतिनिधिसभाको काम

अधिवेशनको पहिलो बैठक सरकार गठन भएको करिब दुई सातापछि बस्नेछ। सरकार गठन कहिले हुन्छ र नयाँ सरकारले अधिवेशन बोलाउने विषयमा सत्तारूढ गठबन्धबीच आन्तरिक छलफल भइरहेको छ।

४२८५ जनाको धरौटी जफत

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ।

चोलेन्द्र प्रवृत्ति: न भूतो न भविष्यति

निलम्बित चोलेन्द्रशमशेर राणाको अदालतमा हाजिर हुने सपना, चाहना र उत्कट आकांक्षामा मंसिर २७ गते पूर्णविरामा लाग्नेछ। तर ‘चोलेन्द्र प्रवृत्ति’ले नेपालको न्यायालयलाई लामो समयसम्म सताइरहनेछ।

एमालेले घनश्याम भुसाल, प्रभु साह लगायतका नेतालाई पार्टीबाट हटायो

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार बसेकोसचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्धय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

राष्ट्रियसभामा नयाँ दलको प्रतिनिधित्व कठिन

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ पछि तीन नयाँ राजनीतिक पार्टी संसद्मा प्रवेश गरेका छन्।

सन्तोषजनक निर्वाचन सुरक्षा

नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्– केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको छ। एक फायर चलाउनु नपरोस् र कुनै हताहती नहोस्। त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।

नयाँ सरकार गठनका लागि ठूला दलहरु मिलेर अघि बढौंः सांसद थापा

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन्।

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्