राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते आह्वान गरेकी छिन्।
मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेकी हुन्।
मंसिर ४ को निर्वाचनपछि संसद्को पहिलो बैठक पुस २५ गते बस्नेछ।
प्रकाशित: १२ पुस २०७९ १०:४७ मंगलबार