७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।

पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको हो।

पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ। प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ।

यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ। सो कार्यसूचीलाई पनि पुरानै नियमावलीअनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ।

प्रकाशित: २२ पुस २०७९ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App