८ वैशाख २०८१ शनिबार
राजनीति

संसद्को पहिलो बैठक कुन नियमले चल्दैछ ?

प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दैछ। पहिलो बैठक कुन नियमले चल्ने भन्ने विषयमा भने निर्णय भएको छैन। संसद् चल्नका लागि सभाले नियम पारित गर्नुपर्दछ। कार्यसञ्चालन गर्ने कार्यविधि बनाएर जाने वा प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम जाने भन्ने विषयमा सदनले पारित गरेपछि मात्र बैठकको कारबाही सुरु हुने गर्दछ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठक कुन नियमले चलाउने विषयमा सहमति गराउन शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। ‘दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भबन परिसरमा हुने छलफलमा बैठक सञ्चालन गर्ने विषय लगाएतमा छलफल हुने बताइएको छ। पहिलो बैठकमा प्रतिनिधिसभाको नियमावली संशोधन गर्ने नगर्ने बारेमा छलफल हुनेछ,’ स्रोतले भन्यो।  

पहिलो बैठक संचालन गर्नुभन्दा अघि कुन नियमबाट बैठक संचालन हुने कुराको निक्र्यौल गर्नुपर्ने हुनाले त्यसका लागि पुरानो नियमावली संशोधन नहुन्जेल प्रतिनिधिसभा नियमावली २०७५ लाई नै निरन्तरता दिने वा संशोधन नहुन्जेल कार्यसञ्चालन कार्यविधि बनाएर जाने विषयमा सर्वदलीय बैठकमा प्रस्ताव हुने स्रोतले बतायो।

प्रकाशित: २२ पुस २०७९ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App