५ आश्विन २०८१ शनिबार
image/svg+xml

संसद् विघटनविरुद्ध माटोको टिका लगाएर ‘बालुवाटार मार्च’ गरिँदै

प्रतिनिधि सभा विघटनविरुद्ध ‘बृहत नागरिक आन्दोलन’ ले माटोको टीका लगाएर प्रदर्शन गर्ने भएको छ।

संवैधानिक अंगहरुलाई नियन्त्रणमा लिएर सेटिङमै संसद भंग गरीएको होः बाबुराम भट्टराई

प्रेस नेपाल रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकाय, संवैधानिक अयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर राष्ट्रिय अन्तराष्ट्रिय सेटिङमा संसद भंग गरेको आरोप लगाएका हुन ।

नेकपा विवादः हकदाबीमा होडबाजी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् ।

‘समयलाई पनि ख्याल गरौं’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाअघि (पुस ५ गते) प्रतिनिधि सभा विघटन गरे।

आयोगलाई ओलीको जवाफ : पार्टी विभाजन भएको छैन, प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताएका छन्।

प्रचण्ड र नेपाल निर्वाचन आयोग जाँदै, चुनावको तयारी नगर्न आग्रह गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आज निर्वाचन आयोग जाँदैछन्।

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दैछ । आइतबार अपराह्न ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको बैठकमा संसद् विघटनविरूद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य हुने

राष्ट्रियसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

‘जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्’

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले राजालाई फाल्न सक्ने जनताले केपी शर्मा ओलीलाई पनि फाल्ने बताएका छन्।

हैसियत कामचलाउ

संवैधानिक प्रावधान र लोकतान्त्रिक मूल्य÷मान्यता यति स्पष्ट हुँदाहुँदै पनि प्रधानमन्त्री र उनी निकट व्यक्तिहरूले सरकारको वर्तमान हैसियतका विषयमा गरेको जिरह एक किसिमको बलमिच्याइँ मात्रै हो । त्यसैले सरकारले आफ्नो कानुनी र राजनीतिक हैसियत थाहा हुँदाहुँदै दूरगामी महत्वका निर्णय गर्नु लोकतान्त्रिक प्रणालीकै उपहास हो ।

सासंद केसीको निधन

प्रतिष्ठित व्यवसायी तथा प्रतिनिधि सभाका सदस्य सुर्य बहादुर केसीको गएराती १०:३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको छ।

कूटनीति धराशयी बनाउने खेल

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले हालै अन्य सेवाबाट पनि परराष्ट्र मन्त्रालयको सचिव बन्ने बाटो खोलिदिएपछि यसको व्यापक आलोचना सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्