coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्’

फाइल तस्वीर

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले राजालाई फाल्न सक्ने जनताले केपी शर्मा ओलीलाई पनि फाल्ने बताएका छन्। प्रतिनिधि सभा विघटनको विरुद्धमा काठमाडौंको माइतीघरमा शनिबार आयोजित विरोधसभामा बोल्दै डा. केसीले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने ओलीलाई जनताले फाल्ने बताएका हुन्।  

उनले ओलीको व्यवहारलाई श्री ७ महाराजको व्यवहारसँग तुलना गरेका थिए। ‘जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्,’ उनले भने,‘सत्ताको उन्मादमा रहेका ओलीलाई दण्डित गरेर संविधानको रक्षा गर्नु जनताको कर्तव्य हो।’

डा. केसीले संविधानको पालना नभए जनताहरु सडकमा आउनुपर्ने समेत बताए। उनले जनताको संघर्षबाट आएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको बताए। उनले संसद् विघटनको मुद्दा अदालतमा गएकाले सर्वोच्चले ओलीको कदमलाई रोक्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २५ पुस २०७७ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App