राष्ट्रियसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रिय सभा बैठकमा सम्बोधन गरिसकेपछि हिउँदे अधिवेशन अन्त्य हुन लागेको हो। पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा प्रतिनिधि सभा विघटनको चर्को आलोचना हुँदै आएको छ।
प्रकाशित: २६ पुस २०७७ ०८:०१ आइतबार