२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एनआइसी एसिया बैंकको खातामा सुविधा

बिमा तथा कर्जासम्बन्धी ‘सर्वश्रेष्ठ फाइदा’का साथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदा पाँच वर्षसम्म उपलब्ध गराएको जनाएको छ।

तरलता समस्या समाधानमा परिसंघका ६ सुझाव

परिसंघका अनुसार निक्षेप मिश्रणका कारण तरलता असन्तुलन भइरहेको छ। खास गरी निक्षेपमा चल्ती र बचतको अंशभन्दा मुद्दतीको अंश बढेकाले तरलता व्यवस्थापनमा दबाब पुगेको छ।

एनआइबिएल गज्जब ६ मुद्दती खाता

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।

विद्युतीय कारोबारमा ठगीका गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ। जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ।

लक्ष्मी बैंकको रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिता

लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सव अवसरमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरूका लागि रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ।

राष्ट्र बैंकले माग्यो सात लाखभन्दी बढीको नगद कारोबारको विवरण

केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो।

बैंक खाता जनसंख्या भन्दा धेरै

हालसम्म खोलिएका ३ करोड ९४ लाख खातामध्ये ३ करोड ७० लाख हाराहारी निक्षेप हुन् भने बाँकी कर्जा खाता हुन्। यो तथ्यांकले सरकारले सबै नागरिकका लागि बैंक खाता खोल्ने लक्ष्य पूरा भएको देखिन्छ।

भारतले डिजिटल मुद्रा निकाल्ने, नेपालमा कस्तो असर पर्ला

विज्ञहरूले नेपालमा क्रिप्टोकरेन्सीलगायत डिजिटल मुद्रामा कर लगाउनेबित्तिकै छुट्टै संस्था खडा हुने र त्यसबाट कर छलीमा पनि टेवा पुग्ने बताउने गरेका छन्। नेपालले अझै पनि क्रिप्टोकरेन्सीलाई वैधता नदिने हो भने केही व्यक्ति ठगी गर्दै हिँड्ने क्रम जारी रहने र यसलाई रोक्न नसकिने थापाको भनाइ छ।

महामारीबीच बैंकहरूको नाफा तीन अर्ब रूपैयाँले बढ्यो

पछिल्लो ६ महिनामा धेरै कमाउनेमध्ये दोस्रोमा एनआइसी एसिया बैंक छ। उक्त बैंकले ६ महिनामा दुई अर्ब ४० करोड रूपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले दुई अर्ब ६ करोड रूपैयाँ कमाएको थियो। गत वर्षको ६ महिनामा दुई अर्ब एक करोड रूपैयाँ नाफा गरेको नबिलले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्ब १८ करोड रूपैयाँ खुद नाफा गरेको छ।

क्रस होल्डिङ भएका कम्पनीले हायर पर्चेज कर्जा नपाउने

हायर पर्चेज कर्जा लिएको कुनै कम्पनीको अर्को कुनै कम्पनीमा समेत २५ प्रतिशत वा सोभन्दा बढी सेयर पार्टनर (क्रस होल्डिङ) भएमा त्यस्तो कम्पनीलाई हायर पर्चेज कर्जा नदिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन गरेको छ।

महालक्ष्मी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिट सेवासम्बन्धी सम्झौता भएको छ।

बैंकर्स सङ्घको आग्रह

वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्