२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइबिएल गज्जब ६ मुद्दती खाता

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।

भविष्यमा आफ्ना ग्राहकलाई आइपर्ने आर्थिक व्ययभार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्न यो योजना सहयोगीसिद्ध हुने बैंकको दाबी छ।

यस खाताका विशेषतामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम १० हजार रूपैयाँमा मुद्दती खाता खोल्न सकिने, निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने, साँवा तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: २४ माघ २०७८ ००:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App