१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकको खातामा सुविधा

एनआइसी एसिया बैंकले गत कात्तिक १ देखि प्रचलनमा ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’मा पाइने फाइदाहरू बढाउँदै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बिमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको बिमा लाभ प्रदान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुटर पूर्वस्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बताइएको छ। बिमा तथा कर्जासम्बन्धी ‘सर्वश्रेष्ठ फाइदा’का साथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदा पाँच वर्षसम्म उपलब्ध गराएको जनाएको छ।

प्रकाशित: २४ माघ २०७८ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App