३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मदन भण्डारी राजमार्ग ९०% सम्पन्न

राजमार्गको पूर्वी र पश्चिमी दुवै खण्डको काम तीव्र गतिमा भइरहेको र हालसम्म ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

मदन भण्डारी र केपी ओलीले भनेका थिए– शुभचिन्तक भएर बस्नू...

घरमा लडेर मस्तिष्कमा गम्भीर चोट लागेका उनको असार ७ गते ६३ वर्षको उमेरमा निधन भयो। कुटो, पन्यू र थोत्रो छाताको डाँठका भरमा नख्खु जेलबाट निस्कने अभियानमा सुरुङ खन्दा सबैभन्दा अगाडि र सुरुङबाट निस्कँदा सबै निस्किइसकेको सुनिश्चित गर्दै सबैभन्दा पछाडि निस्केका जीवनको मन्द मुस्कान, मधुर बोली र गम्भीर मुद्रा बिलाएको छ। उनीभित्र दबिएर रहेका राजनीतिक भाव सदाका लागि माटामा विलीन भएका छन्।

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ सोमबार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

स्टाफ नर्स र एम्बुलेन्स चालकलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

मदन भण्डारी फाउण्डेशनको बैठकले २०७७ सालको सो पुरस्कार नरहरीनाथ गा.पा.४ कालिकोटकी सहकरी र इच्छाकामना गाउँपालिका ३ का गुरुङलाई दिने निर्णय गरेको हो।

विवाद मिल्यो, वैशाखभित्र कालोपत्रे

पिजी चोककै पूर्वपट्टि दुवैतर्फ आधा दर्जन स्थानीयले जमिन छाड्न नमानेपछि साँघुरो हुने भनिएकोमा २/२ मिटर छाड्न राजी भएसँगै लगभग ५० मिटर सडक तोकिएभन्दा फराकिलो भएको छ। तोकिएको २२ मिटर चौडाको सडक २५ मिटर हुने स्थानीयले बताए।

मदन भण्डारी लोकमार्गः पिजी चोकको बिबाद मिल्यो, वैशाखभित्र कालोपत्रे

स्थानीयहरुबीच जमिन छाड्ने विषयमा भएको बिबादका कारण १ वर्षदेखि अलपत्र परेको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकको काम सुचारु भएको छ। सडक दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि ०७६ वैशाखभित्रै सकिने भए पनि रोकिएको काम बिबाद सल्टेसँगै धमाधम सुचारु भएको छ।

‘मदन भण्डारी सभा भवन’को निर्माण तत्काल सक्न माग

पूर्वमन्त्री तथा संविधानसभा सदस्य मञ्जु चौधरीले आफू मन्त्री भएकै बेला निर्माण सुरु गरेको भवन अधुरो रहेको देख्दा दुःख लागेको बताइन्। जमिन विवादको मुद्दा सर्वोच्च अदालतसम्म खेप्नुपर्दा ६ महिना ढिला काम थाल्नुपरेको स्मरण गर्दै पूर्वमन्त्री चौधरीले उदयपुरलाई चिनाउने योजनामध्येको भवन सम्पन्न गर्न सरकारले महत्वका साथ बजेट दिनुपर्ने सुझाइन्।

मदन भण्डारी राजमार्गः ८५ प्रतिशत निर्माण सम्पन्न, सिन्धुली सदरमुकाममा अन्यौलता कायमै

निर्माणधीन धरान—चतरा—सिन्धुली—हेटौँडा(मदन भण्डारी) राजमार्गको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा बैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि निर्माणले गति लिएको हो। राजमार्गको पूर्वी र पश्चिम दुबै खण्डको काम तीव्र गतिमै भइरहेको र हालसम्म ८५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको राजमार्गको पूर्वी र पश्चिम आयोजना कार्यालयले जनाएको छ।

मदन भण्डारी नेपाली राजनीतिको महत्वपूर्ण मार्गनिर्देशकः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तर्क्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताए।

मदन भण्डारी राजमार्ग: धरान–चतरा–हेटौंडा खण्डको प्रगति ३४ प्रतिशत

सरकारले २०७५ सालमा चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने बहुसंख्यक जनतालाई सहज यातायात सुविधा प्रदान गरी जनताको जीवनस्तरमा सुधार गर्ने लक्ष्यसहित झापाको बाहुनडाँगीदेखि सुदूरपश्चिम डडेल्धुराको रूपालसम्म जोड्ने मदन भण्डारी राजमार्ग आयोजना निर्माण गर्ने योजना अघि सार्‍यो।

फेरि अवरुद्ध मदन भण्डारी लोकमार्ग

लामो समयदेखि निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुरको पुरानो गाईघाट (पिजी) चोकमा चौडाई विवाद बल्झेपछि निर्माण अवरुद्ध भएको छ । नगरपालिकाले लागू गरेको २२ मिटर चौडा बनाउने विषयमा दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि वर्ष दिनयता सडक निर्माण अवरुद्ध भएको थियो । दुई साताअघि यसमा सहमति जुटेपछि काम सुचारु भएकामा अहिले फेरि विवाद झिकेर अवरुद्ध भएको छ ।

राष्ट्रपति र प्रधामन्त्रीलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन नेता शर्माको चुनौति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य हिमाल शर्माले मदन भण्डारीको नाम बेचेर प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तामाथि ‘ब्ल्याकमेल’ गरिरहेको आरोप लगाएका छन्।

जबज कति जिम्मेवार ?

संसारका कुनै पनि देश कम्युनिस्ट शासनमा समृद्ध भएका छैनन् । अहिले चीन संसारको दोस्रो अर्थतन्त्र भएको छ जापानको एउटा संस्थाले गरेको अध्ययनका आधारमा सन् २०२८ सम्म संसारकै पहिलो अर्थतन्त्र बन्ने आकलन गरेको छ जुन अस्वाभाविक छैन ।

चौडाइ विवादले मदन भण्डारी लोकमार्ग अवरुद्ध

चौडाइ विवादका कारण झण्डै एक वर्षअघि सक्नुपर्ने निर्माणाधीन गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकमा अझै काम सुरु भएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्