५ आश्विन २०८१ शनिबार
image/svg+xml

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

दुई दशकपछि स्थानीय सरकारको रुपमा जनप्रतिनिधि पाएपछि नागरिक हौसिएका थिए। गाउँसहरको मुहार चम्किने, सडक बस्तीको फहोर नियमित उठेर स्वच्छ वातावरणमा चयनको सास फेर्न पाउने नगरवासीको सपना थियो।

दसैंमा फोहोरमय बन्न सक्छ उपत्यका (फाेटाे फिचर )

अघिल्लो साता नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक बिग्रँदा केही दिन उपत्यकाको फोहोर उठेन । जसले गर्दा उपत्यकामै फोहोर थुप्रियो । फोहोरको दुर्गन्धले महामारीको जोखिम बढ्ने भन्दै सर्वसाधारण आत्ति ।

फोहोरभित्रका कलात्मक सुन्दरता

घरायसी फोहोरका रूपमा रहेका प्लास्टिक, फलाम, कागज बिक्री गरेर आर्थिक आम्दानी गर्ने चलन आम मानिसका लागि नयाँ कुरा होइन । तर त्यस्ता फोहोरले सन्देशसँगै हजारौं नगद पनि आम्दानी गर्न सक्छ भन्ने कुराको पुष्टी कलाकर्मीले गरेका छन्।

पर्यटकीय क्षेत्र लाङटाङको फोहोर काठमाडौंको मेयरलाई

पर्यटकीय क्षेत्रमा पर्यटक तथा पोटरले यात्राका क्रममा प्रयोग गरेर फालिएको पलास्ष्टिक, बोटल, क्यानहरु यत्रतत्र छरिएका हुन्छन्।

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ।

फोहोर फाल्नेको अनुहार सिसिटिभी क्यामारामा

तपाई तानसेनमा बस्नुहुन्छ या बाहिरबाट तानसेन आउँदै हुनुहुन्छ ? तपाईं नगरमा बस्दा या भ्रमणका बेला फोहोर जथाभावी फाल्ने गर्नुभएको भए अब तपाईको अनुहार स्थानीय सरकारसामू पुग्नेछ । यसको माध्यम बन्नेछ, सिसि क्यामेरा।

आंशिक रूपमा उठ्दै काठमाडौंको फोहोर

राजधानीको फोहोर आंशिक रुपमा उठ्न थालेको छ। उपत्यकाको फोहोर बिसर्जन गर्ने सिसडोल ल्याण्डफिल साइट भरिंदै गएको र त्यहाँ पुग्ने बाटो भत्किएका कारण फोहोर बोकेका ट्रक बाटोमै रोकिएका थिए भने सहरको फोहोर पनि उठ्न सकिरहेको थिएन।

फोहोर र विषको तरकारी, जीवनको बरवादी

जतासुकै फोहोर । जेमा पनि विषादी । गुणस्तरीयताको अभाव डरलाग्दो छ । भान्सामा तरकारीसँगै विषसमेत भिœयाउन बाध्य छन्, उपभोक्ता । तरकारीसँगै विष भित्रिन नदिन तथा भित्रिइ हाले पनि सावधानी अपनाउने केही विधि, प्रक्रिया तथा उपाय छन् ।

फोहोरमय राजधानी

‘छि...कस्तो फोहोर ! दुर्गन्ध पनि खपिसक्नु छैन ।’ यतीबेला उपत्यकावासीको मुखबाट निस्किरहेको आवाज हो यो । सडकका पेटी, टोलका चोक मात्रै होइन्, घरमै पनि फोहोरको डंगुर छ।

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना

आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाइका साथ लागू गर्ने भएको छ। जसको घर अगाडि फोहोर फालिएको छ, उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नुपर्नेछ। तोकिएको समयभित्र जरिवाना नतिर्नेलाई राज्यका विभिन्न निकायबाट पाउने सेवासुविधाबाट वञ्चित गरिनेछ।

सरकारी कार्यालयले फोहोर जलाउन नपाउने

सरकारी कार्यालयहरुले फोहोर जलाउन नपाउने भएका छन्। वातावरण मन्त्रालयले सुरु गर्न लागेको नेपाल स्वास्थ वातावरण अभियान २०७५ को सुरुवात गरेसँगै सरकारी कार्यालयले फोहोर जलाउन नपाउने व्यवस्था गर्न लागिएको वातावरण विभागले जनाएको छ।

फोहोर व्यवस्थापन गर्न २० लाख

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मले आँधीखोलाको फोहोर व्यवस्थापनका लागि २० लाख रुपैयाँ दिएको छ। एमोनियायुक्त सुलीले आँधीखोलाका जलचरहरु सोत्तर भएका थिए । सुलीको एमोनियाले गर्दा जलचर मरेको पुष्टि मिर्मीस्थित मत्स्य विकास केन्द्रले गरेको हो।

फोहोर उठाउन २ सय १९ रुपैयाँ

लगानी वोर्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे नेपवेस्टसँगको सहमतिपत्रलाई अन्तिमरुप दिएको छ। सार्वजनिक नीजि सहभागिता (पीपीपी) मोडल अन्तर्गत फोहोर व्यवस्थापन गर्न दुई पक्षबीच सहमतिपत्र तयार पारिएको हो। नेपाली र फिनिस लगानीकर्ताहरुले यसमा काम गर्ने छन्।

फोहोर गर्ने र अटेर गर्नेलाई ३ महिनासम्म जेल हुन सक्ने

प्रदेश ७ को दोस्रो मन्त्रिपरिषद् बैठकले प्रदेश ७ लाई फोहोरमुक्त बनाउने निर्णय गरेको छ । सरसफाइ अभियान थालेर फोहोरमुक्त बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताएका छन् । प्रदेशको ७ को अस्थायी राजधानी धनगढी, कैलालीका अन्य स्थान र ८ जिल्लामा सरसफाइ अभियान गरेर फोहोरमुक्त बनाउने निर्णय गरेको हो।

सन्तोषी माताको मन्दिरअगाडि फोहोरको थुप्रो

काठमाडौं उपत्यकाको र्धािर्मक तथा पर्यटकीय सम्पदा हो नागपोखरी । त्यहीँभित्र रहेको सन्तोषी माताको मन्दिर अव्यवस्थित छ । मन्दिरको प्रवेशद्वारअगाडिको सडकमा दिनहुँ फोहोर थुप्रिएको भेटिन्छ । फोहोरको थुप्रो देख्ने सचेत भक्तजनलाई भने खल्लो लागिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्