१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार मुख्यमन्त्री निवास, मधेश भवनमा बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले उक्त निर्णय गरेको हो।

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

बाढीकाे घेरामा थुनिए प्राविधिक टोलीः उद्धार गरी भारतको जयनगर पु-याउने प्रयास

उनीहरुलाई उद्धारका लागि इटहरीबाट दुईपटक हेलिकोप्टर उडान भए पनि प्रतिकूल मौसमका कारण सफल नभएको उनले बताए। अहिले सशस्त्र प्रहरीको उद्धार टोलीले मोटरबोटसहित उनीहरुलाई उद्धार गरी भारतको जयनगर पु-याउने गरी प्रयास थालिएको उनले जानकारी दिए।

दुई दिनदेखि टापुमा फसेकाकाे उद्धार

दुई दिनदेखि बाढीले कमला नदीको बीचमा बनाएको टापुमा फसेका ९ जनालाई शनिबार बिहान सुरक्षित उद्धार गरिएको छ।

कमला नदीले परिवारै बगायो

कमला नदीमा आएको बाढीले दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा एक बालकको मृत्यु भएको छ भने तीन बेपत्ता छन्। दुईजनाको उद्धार गरिएको छ ।

स्थानीय सरकारमार्फत् नै राहत बाँडिने

अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरूका लागि स्थानीय सरकारमार्फत्नै राहत वितरण गर्ने सरकारले निर्णय गरेको छ।

१२ घण्टादेखि डुबान क्षेत्रमै थुनिए प्राविधिकसहितको टोली

बसपिट्टामा निर्माण भइरहेको पुलमा काम गर्न शुक्रबार दिउँसो पुगेका प्राविधिकसहितको टोली डुबान क्षेत्रमा फसेका हुन्।

मृतकका परिवारलाई तीन लाख राहत दिइने

प्रदेश २ मा बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीनलाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

भारतकाे दादागिरी : दशगजामा भत्किएकाे बाँध तत्काल मर्मत

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएकाे बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)हरूले तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएकाे हाे।

बाढीले भत्कायाे निर्माणाधीन पुल

लगातार परिररहेको वर्षाले धनुषामा निर्माणाधीन पुल भत्किएको छ। क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल भत्किएको हो।

पूर्वपश्चिम राजमार्ग : बाढीले कालोपत्रे सडक कटान गर्दै (भिडियाेसहित)

विगत तीन दिनदेखि परेकाे अबिरल वर्षाका कारण आएकाे पानीले राजमार्गकाे लहान- ११ पडरिया सडक खण्डको कालोपत्रे कटान निरन्तर रूपमा काटन गरिरहेकाे छ। पानी निकास नहुँदा लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल जलमग्न भएकाे छ।

राजधानीमा बाढीको कहर, दुई सय नाै जनाकाे उद्धार

तीनदेखि परेको अविरल वर्षाको कारण डुबानमा परेका दुई सय नौ जनालाई सशस्त्र प्रहरीको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उद्वार गरेको छ । बाढी तथा झरीको कारण डुबानमा परेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी टोलीले उद्वार गरेको हो । काठमाडौँको विभिन्न स्थान बाढी तथा डुबानमा परेपछि

पूर्व प्रधानमन्त्रीको घर डुबानमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वारिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो। अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौर सहितजिल्लाकाे ८० प्रतिशत भूभाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

रौतहट सदरमुकाम गौर डुवानमा

अविरल वर्षापछि रौतहटमा आएको बाढीले सदरमुकाम गौर सहित जिल्लाका ८० प्रतिशत भुभाग डुवानमा परेको छ। बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानि बस्तिमा प्रवेश गरेको हो। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानि बस्तिमा प्रवेश गरेपछि करिव एक हजार भन्दा बढी घर भत्केका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्