१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरमा हनुमन्तेको त्रास

निरन्तरको अविरल वर्षासँगै भक्तपुरबासीमा त्रास छाएको छ । विशेषगरी हनुमन्ते खोला वरपरका बासिन्दामा डुबानको चिन्ता छाएको हो । प्रत्येक वर्षायाममा हनुमन्ते वरपरका सयौं घर डुबानमा पर्ने गरेका छन् । गत वर्ष हनुमन्तेमा आएको बढीको बितन्डा देखे–भोगेका स्थानीय यो वर्षको मनसुन सक्रिय भएसँगै डरमा बस्न थालेका हुन् ।

वर्षाले जनजीवन अस्तव्यस्त, ६ हजार विस्थापित

अविरल वर्षाका कारण आएको बाढीले मुलुकका विभिन्न भूभागमा वितण्डा मच्चाएको छ। बाढीपहिरो र डुबान बढेसँगै विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। बाढीले रौतहतको सबै क्षेत्र प्रभावित बनेको छ। बाढीले बगाउँदा त्यहाँका दुईजना बेपत्ता भएका छन्। बिहीबार ईशनाथ नगरपालिका–३ औरैयाका ४० वर्षीय रामपुकार पटेललाई बेपत्ता पारेको थियो। यसैगरी शुक्रबार दिउँसो गढीमाई नगरपालिका–७ धर्मपुरकी ४० वर्षीया दुलारी देवीलाई बाढीले बगाएको छ।

२१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित

वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्।

रौतहट सदरमुकाम गौरमा बाढी पस्याे, ४३२ घरपरिवार विस्तापित

बिहीबारदेखि अबिरल परेकाे पानीले राैतहटमा लालबकैया र बागमतीको तटबन्द भत्किएको करिव ६ घण्टा पछि सदरमुककाम गौरमा पानी पसेको छ।

खोलाले बगाएर मृत्यु

दुई दिनयताको लगातार वर्षाका कारण जिल्लाको चुलाचुलीका एकजनाको खोलाले बगाएर मृत्यु भएको छ। चुलाचुली गाउँपालिका १ बस्ने अन्दाजी ५० वर्षका अञ्चल लावतीको शव खोलाले बगाएर लगेको अवस्थामा झापाको कमल गाउँपालिका २, भालुगाउँमा फेलापरेको प्रहरीले जनाएको छ।

मोरङमा ३ हजार विस्थापित, एक बेपत्ता

अविरल वर्षाका कारण मोरङमा ३ हजार जना भन्दा बढी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लामा ३ हजार १३ जना बिस्थापित भएका छन् भने ७ सय ५५ घर डुवानमा परेका छन्।

कमलानदीको बाढी गाउँ पस्दा दुईसय घर डुबान

बिहीबारबाट निरन्तर भइरहेको भारी वर्षाका कारण कमला नदीमा आएको बाढी सिरहा नगरपालिका– ६ स्थित बसपिट्टा र वडा नम्बर १२ सारश्वर गाउँमा पसेपछि करिब दुईसय घरहरु डुबान भएको छ।

केही दिन अझै भारी वर्षा हुने

नचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ। न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्।

बाढी–पहिरोले १७ जनाको मृत्यु, कहाँ के–के भयो ?

केहि दिन अघिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। बाढी र पहिरोले देशभर १७ जनाले ज्यान गुमाएका छन् भने सात जना बेपत्ता भएका छन्। त्यस्तै हालसम्म सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले हालसम्म चार जनालाई उद्धार गरेको जनाएको छ।

रुखमा चढेर गुहार मागेका मुखियाको १२ घण्टापछि उद्धार

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित कमला नदीको बीच भागमा १२ घण्टादेखि रुख चढेर उद्धारका लागि गुहार गरिरहेका बिद्रु मुखियाको केहि समयअघि उद्धार गरिएको छ। वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले नाउको सहाराले मुखियाको उद्धार गरेका हुन।

२४ घण्टादेखि फँसेका पाँच किसानलाई उद्धार गरिँदै

कमला नदीको बाढीले बनाएको टापुमा सिरहाका पाँच जना किसान २४ घण्टादेखि फँसिरहेका छन्। कमलाको बगरमा लगाइएको परवल खेतिमा काम गर्न गएका सिरहा, कल्याणपुर नगरपालिका –५ निर्दनाका चारजना महिला तथा एक पुरुष अचानक दुवै किनारमा बाढी आएपछि बीचमै घेरिएका हुन्।

उद्धारका लागि सुरक्षाकर्मी परिचालित गरिसक्याैंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।

रुखमा चढेर उद्दारका लागि हारगुहार

सिरहाको कर्जन्हा नगरपालिका –२ बन्दिपुर स्थित कमला नदीको बीचभागमा एकजना रुखमा चढेर बाह्र घण्टादेखि बाँच्न संघर्ष गर्दै छन्। कमलाको बगरमा तरकारी खेती गरेर गुजारा चलाउँदै आएका गुद्रु मुखियाको टहरा बाढीले बगाएपछि उनी रुखमा चढेर ज्यान जोगाएका छन्। तर, बाढीले रुख कतिबेला बगाउने हो चिन्ताले उनी उद्धारका लागि गुहार गर्दै छन्।

बाँध फुटेपछि सुरक्षित स्थानमा सारियो

बागमती नदीको बाँध फुटेर बाढी बस्तिमा पसेपछि रौतहट प्रहरीले करिब २५ घरका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ। गढिमाइ नगरपालिका–३ लक्ष्मिपुर नजिक तटबन्ध फुटेपछि लक्ष्मिपुरका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्