११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

भारतकाे दादागिरी : दशगजामा भत्किएकाे बाँध तत्काल मर्मत

राैतहट - भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएकाे बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)हरूले  तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई लक्षित गरी करिब २५ फिट  अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएकाे हाे।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत  सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएपछि तैनाथ भारतीय एसएसबीहरूले  तत्काल केमिकलकाे प्रयाेग मर्मत गरेकाे हुन्।

लाल बकैया र बागमती नदीको पानीले भारत मै ठूलो असर देखाउने अनुमान गरिएपछि उनीहरूले यस्ताे कदम चालेका हुन्। दुई दिन देखि थुनिएको पानी फेरि गाैर सदरमुकामतिर फर्किन सुरू गरेकाे छ।

प्रकाशित: २८ असार २०७६ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App