१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बाढीपहिराे अपडेटः मृत्यु हुनेकाे संख्या ६० पुग्याे

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन्।

सिन्धुलीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्याे,चार जना बेपत्ता

बाढीपहिरोमा परि सिन्धुलीमा चार जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्।

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन्।

बाढी-पहिरो अपडेटः मृत्यु हुनेकाे संख्या ५० पुग्याे

अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन्।

बाढीपहिराेले प्रदेश १ मा १६ काे ज्यान

लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शुक्रबार र शनिबार दुई दिनमा प्रदेश १ मा मात्र कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ भने १० जना बेपत्ता छन्। शनिबार रातिसम्म सप्तरी, धनुषा, सिरहा र महोत्तरीमा भने कुनै मानवीय क्षति भएको छैन। तर खोलानदीको बहाव बढ्दै जाँदा जोखिम भने निकै बढेको छ।

बाढीका कारण रौतहट अस्तव्यस्त

चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीले रौतहट बेहाल बनेको छ। जिल्लाका अधिकांश भाग जलमग्न हुँदा अकल्पनीय क्षति पुगेको छ। जिल्लाको पूर्वीक्षेत्रमा रहेको बागमती र पश्चिमी क्षेत्रमा रहेको लालबकैया नदीको बाढीले तटबन्ध भत्काएपछि जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ।

बाढीपहिरो र डुबानकाे कहर : मृत्यु हुनेको संख्या ४४ पुग्यो

मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ। शुक्रबार रातिसम्म २४ जनाको मृत्यु भएकोमा शनिबार यो संख्या बढेर ४४ पुगेको हो।

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

शुक्रबारदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानबाट देशभर मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ। २४ जना बेपत्ता छन्।

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

बाढीले बगाएर डोल्पामा एकको मृत्यु, ९ जना बेपत्ता

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १ २ र ३ मा पर्ने काँसिला खोलामा आएकोे बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता छन्।

बाढीले बगाएर एक बेपत्ता

सिरहाको कल्याणपुर नगरपालिका ६ भोक्राहाका एकजना कमला नदीको बाढीमा बगेर बेपत्ता भएका छन्। कमला नदीको बीच भागमा रहेको नाउ किनारा लगाउन गएका कामेश्वर यादवलाई बाढीले बगाएर बेपता बनाएको हो।

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

बाढीपहिरोबाट सिन्धुलीमा २ को मृत्यु, ६ जना बेपत्ता

अविरल बर्षाका कारण सिन्धुलीका दुई छुट्टाछुट्टै घट्नामा १ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।

बाढीपहिरोले सिन्धुलीमा दुई सय पोल बगायो, विद्युत सेवा अवरुद्ध

लगातार चार दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको विद्युत सेवा अवरुद्ध भएको छ। बर्षाका कारण बाढी र पहिरोले विद्युतका पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो।

खोलाले बगाएर तीन बालिका बेपत्ता

तीन दिनयताको अविरल वर्षापछि खोलामा आएको बाढीले इलामको माई नगरपालिकामा ३ बालिकालाई बगाएको छ। स्कुलबाट घर फर्कनेक्रममा माई नगरपालिका १ की १५ वर्षीया सुनिता साउदेन, त्यही वडा र उमेरका अन्य दुई बालिका आकृति लिम्बू र निशा सुनुवारलाई शनिबार बिहान ९ बजेतिर बर्धरे खोलाले बगाएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्