४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जवरजस्ती करणी उद्योगमा दुई जना कारागार चलान

ताप्लेजुङ जिल्ला अदालतले मंगलबार हत्या तथा जवरजस्ती करणी उद्योगमा दुई जनालाई कारागार चलान गरिएको छ।

जिल्ला कारागार रौतहटबाट एक कैदी फरार

जिल्ला कारागार रौतहटबाट एकजना कैदी फरार भएका छन्। कारागारको विद्युत लाइन बिगारेर अपहरण तथा शरीर बन्धक मुदामा तीन वर्षदेखि सजाय काटिरहेका २५ वर्षीय अशोक यादव आइतवार राति फरार भएका हुन्।

नख्खु कारागारमा पुस्तकालय

ललितपुरको नख्खु कारागारमा पुस्तकालय स्थापना गरिएको छ। कारागारअन्तर्गत लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको हो।

रूपन्देही कारागार जीर्ण, जोखिममा कैदी

८६ वर्षअघि निर्माण भएको रूपन्देही जिल्ला कारागार भवन जीर्ण बनेको छ। १९९० सालमा निर्माण भएको कारागारका दुई भवन जीर्ण छन्। भवन जीर्ण हुँदा कैदी–बन्दी जोखिममा छन्।

तीन वर्षमा पनि बनेन क्षेत्रीय कारागार

पश्चिम नेपालमा क्षेत्रीय कारागार निर्माणको काम तीन वर्ष बित्दा पनि पूरा भएको छैन। बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन तीन हजार कैदीबन्दी अट्ने क्षमताको उक्त कारागार ठेकेदारको ढिलासुस्तीले अधुरो हुन पुगेको हो।

आचरण सुधार्दै कैदीबन्दी: कर्णालीका कारागारमा किताब अभियान

चन्दननाथ नगरपालिकाका खड्गजीत रोकाया जुम्ला कारागारभित्रका निकै अध्ययन शिल कैदी हुन्। उनी अधिकांश समयमा किताब हेरिरहेका भेटिन्छन्।

कारागारका उद्यमी

बन्दी अवस्थामा सिकेको सीप कैद भुक्तानपछि व्यावसायिक बन्नका लागि राज्यले वास्ता गरेको देखिँदैन। सापकोटा भन्छन्, ‘कारागारबाट बाहिरिएपछि उनीहरुसँग हाम्रो सम्पर्क टुट्छ, तर केही सहयोग हुन सके राम्रो हुने हो।’

चन्दका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान

नेत्रविक्रम चन्द नेतृत्व समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ। मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ।

कारागारमा क्षमताभन्दा तेब्बर कैदी

उपत्यकाका सबैजसो कारागारमा क्षमताभन्दा तेब्बर बढी थुनुवा–कैदी राखिएको पाइएको छ। मानव अधिकार आयोगले आधारभूत आवश्यकता पूरा नगरी कैदीबन्दीलाई राखेको भन्दै सरकारको ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाई हुन सकेको छैन, जसका कारण कैदी–बन्दी कोच्चिएर बस्न बाध्य छन्।

कारागारमा लागूऔषध र बलात्कारका कैदी धेरै

प्रदेश १ का कारागारमा लागूऔषध र बलात्कारसम्बन्धी अपराधका कैदीबन्दी धेरै रहेको पाइएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको अध्ययनले बलात्कार (जबरजस्ती करणी), बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) र लागूऔषध कारोबार एवं ओसारपसार सम्बन्धी अपराधका कैदीबन्दी संख्या ५३ प्रतिशत रहेको देखाएको हो।

अग्ला घरको चेपुवामा कारागार

तलबाट हेर्दा आँखैले तला छुट्याउन नसकिने अग्ला घर। टाँसिएझैं देखिने घरको बीचमा खाल्डो परेको साँघुरो भूभाग। करिब ११ रोपनी क्षेत्रफल भएको त्यो भूभागलाई छुट्याएको छ– गोलो पारेर बेरिएको काँडेतारले।

कारागारमा श्वासप्रश्वासका बग्रेल्ती बिरामी

पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद जीवन भुक्तान गरिरहेका तीर्थबहादुर दाहाललाई सबैभन्दा बढी धूलोको समस्याले सताउने गर्छ। शान्त कारागारको रुपमा झुम्का चिनिएपछि सडक नजिकै रहँदा बग्रेल्ती सवारी साधन आवतजावत गर्ने गरेकाले त्यसको धूलो कोठाभित्र पुग्दा पिरोल्ने गरेको हो। जसले गर्दा उनलाई श्वासप्रश्वाससम्बन्धी रोगले सताइरहन्छ।

डिल्लीबजार कारागार सार्न आलमको माग

कारागारमा राम्रो सुविधा नभएको र अहसज भएको भन्दै मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई सानो ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका छन्।

भीमफेदी कारागारबाट कैदी फरार

भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्।

आलमलाई रातारात नख्खु कारागार पुर्‍याइयो

अदालतले पुर्पक्षका लागि थुनामा पठाएका राजपुर बम काण्डका अभियुक्त महम्मद अफताव आलमलाई गौरबाट नख्खु कारागार सारिएको छ। आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रातारात रौतहटको गौरबाट नख्खु कारागार पुर्‍याइयोको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्