५ आश्विन २०८१ शनिबार
image/svg+xml

कैदीलाई मनोसामाजिक परामर्श दिइने

कारागारमा रहेका कैदीबन्दीको नैतिक सुधार तथा मनोसामाजिक परामर्शको व्यवस्था गरी समाजमा स्थापित गराउने व्यवस्था राखेर संसद्मा विधेयक आएको छ। कारागार ऐन २०१९ लाई खारेज गर्दै कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीबन्दीलाई नैतिक सुधार गरी समाजमा स्थापित गराउने व्यवस्था गरिएको छ। कैदीलाई नैतिक सुधार गर्नका लागि उसलाई विभिन्न किसिमका उपाय प्रयोग गरिनेछ। उसले अर्कोपटक पुनः अपराध नगरोस् भन्ने उद्देश्यले यस्तो नीति लिएर विधेयक ल्याइएको छ। अपराधीले अपराध गर्नुपछाडि मानसिक कारण हुने भएकाले उसको मानसिकतामा सकारात्मक कुरा ल्याउन यस्तो व्यवस्था राखिएको छ।

अभियुक्तले जेलमै बसेर पनि बयान दिनसक्ने

केन्द्रीय कारागार जगन्नथा देवल सुन्धाराले पुर्पक्षका लागि थुनामा परेका थुनुवाको बयान र बकपत्र गराउन कारागारभित्रै भिडियो कन्फेरेन्स कक्ष सञ्चालनमा ल्याउने तयारी गरेको छ। थुनुवालाई बयान र बकपत्र गराउन अदालत लैजादा झन्झट हुने, अभियुक्त भाग्न सक्ने डर, अदालतमा हुने भिडभाडलाई दृष्टिगत गरी यस्तो व्यवस्थाको तयारी गरेको हो।

सरुवा रोगीसँगै स्वस्थ कैदी बस्न बाध्य

देशभरका कारागारमा सरुवा रोगी र स्वस्थ कैदी एकैठाउँमा राख्दा उनीहरू पनि रोगी बन्ने गरेको पाइएको छ। रोगी र निरोगीका लागि कारागारमा छुट्टाछुट्टै व्यवस्था नहुँदा सँगै राख्नुपरेको गृह मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिमा बुधबार पेस गरेको विवरणमा उल्लेख गरेको छ। कर्मचारी समायोजन भएका कारण ५१ वटा जिल्लामा स्वास्थ्य सेवाका कर्मचारी समेत कारागारमा छैनन्। यसले अर्को समस्या थपिएको मन्त्रालयले जनाएको छ।

सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ।

फरार प्रतिवादी कारागार चलान

बालविवाह मुद्दाका फरार प्रतिवादी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय पूर्णबहादुर राई कारागार चलान भएका छन्।

बालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान

खोटाङमा वालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ४० वर्षीय पूर्णबहादुर राईलाई अदालतले तोकिए अनुसारको सजाय भुक्तानका लागि आइतबार कारागार चलान गरिएको हो।

बन्दीका लागि पुस्तक हस्तान्तरण

जिल्ला कारागार स्याङ्जामा रहेका बन्दीका लागि शुक्रबार पुस्तक हस्तान्तरण गरिएको छ। बन्दीलाई कानूनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले बताए।

नेपालगन्ज कारागारमा आर्थिक अनियमितता

कारागारका जेलर भरतराज पाण्डे र चौकीदार भरत फडेराको मिलेमतोमा अनियमितता भएको कैदी, बन्दीको आरोप छ।

वेश्यावृत्ति गराउनेलाई कारागार पठाउन आदेश

महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

कर्मचारी अभावले कारागारमा समस्या

गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ। कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन्।

कारागारबाटै अवैध असुली

जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ।

श्याम परदेशी पुर्पक्षका लागि कारागार चलान

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ आराेपी श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार पुर्पक्षका लागि कारागार चलान भएका छन्।

युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा

युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई ४० लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।

दुई डिस्टीलरी सञ्चालक कारागारमा

अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले ३१ करोड रुपैयाँभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ।

आगन र बलेनीमा सुत्न बाध्य गोरखा कारागारका कैदीबन्दी

‘बाहिर आगन र बलेनीमा पनि सुत्नुपर्छ, पानी परे भिज्दै सुत्नु बाहेक विकल्प छैन’ नाइके गोपाल बरामले भने ‘धमिलो पानी पिउनुपर्ने, सुत्ने ठाउँमा भुँइमा पानी, आकाशको पानी र चिसोले धेरै बिरामी भएका छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्