५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आचरण सुधार्दै कैदीबन्दी: कर्णालीका कारागारमा किताब अभियान

जुम्ला कारागारका कैदीबन्दीलाइ कार्पेट वितरण गर्दै, पुस्तकालयको अनुगमन गरिदै । तस्बिरः धनबहादुर/नागरिक

जुम्ला- चन्दननाथ नगरपालिकाका खड्गजीत रोकाया जुम्ला कारागारभित्रका निकै अध्ययन शिल कैदी हुन्। उनी अधिकांश समयमा किताब हेरिरहेका भेटिन्छन्। उनी कला, साहित्य,राजनीति, सफलताका कथा र उपन्यास अध्ययन गर्न रुचाउँछन्। अहिले किताबले जीवन बदल्न सक्ने निष्कर्षमा छन्। उनले भने, ‘कारागारमा पुस्तकालय स्थापना गरेर कैदीबन्दीको आचारण सुधार भइरहेको छ। यो निकै नमुना काम हो। अब कारागार अपराधी हुल्ने घर मात्र होइन्, एक पाठशाला हो भन्ने प्रमाणित हुदैछ्।’

कालिकोटका कैदी प्रकाश शाही कारागारमा किताब अभियानले सोच विचारमा परिवर्तन ल्याएको बताउँछन्। उनले् भने,‘अहिले यहाँ भएका किताब, आफ्नो परिवार, अभिभावक र समय बिताउने असल साथी बनेका छन्। ’उनले कला साहित्य र राष्ट्य अन्र्तराष्ट्यि चर्चामा आएका ब्यक्तिको जीवनी पढ्न मनपराउँछन्। खड्कजीत र प्रकाश उदाहरण मात्र हुन्। उनी जस्तै जुम्ला कारागारमा रहेका ८८ जना कैदीबन्दीले पुस्तक हेर्ने बानीको बिकास गरेका छन्।

खड्कजीतले भने, ‘यहाँ भित्रका ५० प्रतिशत कैदीबन्दी अधिकांश समय पुस्तक पढ्ेर दिन बिताउँछन्। तर ५० प्रतिशतले कहिलेकाँही मात्र हेर्छन्। कारागारभित्रै पुस्तकालय  पढ्न पाउदा उर्जा मिलेको अनुभुति कैदीबन्दीको छ। कारागार अपराधी राख्ने घर हो भन्ने सुनेका थियौँ, यो त जीवन सुधार्ने एक पाठशाला पो रहेछ, अर्काकैदी पारश बुढा बताउँछन्। जानेर वा नजानेर यहाँ केदीबन्दी बनिरहेका छौँ। यो जीवन सुधारको सिँढीको रुपमा हेरेका छौँ।’

व्यवहार र आचरणमा परिवर्तन आएको छ। उपन्यास, चर्चित व्यक्तिका जीवनी, न्याय, साहित्य, मानवअधिकार र समसामयीक बिषयका पुस्तक सबै उपलब्त्र छन्।। अध्ययनले जीवन व्यवहारमा परिवर्तन आएको छ। फाल्तु कुरा सोच्न पाउदैनन कैदीबन्दी। बानी व्यवहार र मानसिकतामा परिवर्तन आएको छ। यहाँ तीनबजार बढी पुस्तक छन्।  गत चैत १३ गतेदेखि कर्णाली प्रदेश प्रहरीले कारागारमा किताब अभियान थालेपछि जुम्ला कारागारमा समेत पुस्तकालयको स्थापना भएको थियोे। 
कारागारमा पत्रपत्रिका पनि नियमित पुग्छ। हरेक साता पुस्तक माथिको समिक्षा हुन्छ। पुस्तकालय सञ्चालन समिति छ। त्यो समितिले पुस्तकालयको संरक्षण गरिरहेको छ।  महिनामा कुन कैदीबन्दीले कस्तो खाले किताब पढ्छ। उनले किताब पढेर आर्जन गरेको ज्ञानका बिषयमा चर्चा हुन्छ। प्रत्येक सातामा पुस्तकमा परेका बिषयबस्तुमा आधारित रहेर हाजिरजवाफ, अन्ताक्षरी,बक्तृत्वकला हुने गरेको छ। 
कर्णालीका १० वटै जिल्लामा पुस्तकालय स्थापनामा जुटेको नेपाल प्रहरीले अहिले कारागारभित्र पुस्तक क्लब गठन गर्न थालेको छ।

जुम्ला कारागारमा गगनबहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय पुस्तक क्लब गठन गरिएको छ। कारागारमा पुस्तकालय स्थापना भईसकेपछि पठन संस्कृतिको विकास भएको छ। प्रहरीले कारागारमा सबैभन्दा बढि पुस्तक पढ्ने र जीवन रुपान्तरणको अभिन्न अंगका रुपमा पुस्तकलाई लिने कैदीबन्दीलाई पुस्कृत गर्ने रणनीतिसमेत बनाइसकेको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पठन संस्कृतिको विकास गर्न कर्णालीका प्रत्येक कारागारमा पुस्तकालय निर्माण गरिएको बताउँछिन्। उनले भनिन्, ‘जानेर वा नजानेर सुधार गृहमा जीवन गुजारीरहेकाहरुका लागि यो प्राश्चित गर्ने ठुलो अवसर हो। पठन संस्कृतिले जीवन रुपान्तरणको यात्रामा अघ बढिरहेको आभास कैदीबन्दीले गरिरहेका छन्। सकरात्मक सोचको विकास गर्न, ज्ञान सिपको आदान प्रदान गरी असल नागरिक बन्न प्रेरित यो पुस्तकालयले गरिरहेको छ। 
इतिहास, राजनीति, कानुनी, साहित्यिक र मानव जीवनमा लागु हुने प्रकारका पुस्तक कारागारमा राखिएको छ। पठन कार्यलाई एक अर्कामा आदान प्रदान गर्नुहोला, समाजलाई परिवर्तनको अभाषा दिलाउने छ’, प्रजिअ बन्जाडेले भनिन्।

तत्कालिन कर्णाली प्रदेशका डिआईजी शाहले कर्णालीको जुम्लाबाटै कारागारमा पुस्तकालय निर्माणको सोचको विकास भएको बताइरहेका छन्। कर्णालीका प्रत्येक कारागारमा कैदीबन्दीको संख्याका आधारमा पुस्तक वितरण भईरहेको छ।   

नेपालमा अधिकांश कैदी थुनुवा रिसको आवेग, परिबन्द, साथ संगत, बाध्यता र विवशताका कारण अपराधका क्रियाकलापमा संलग्न छन्। उनीहरुको जीवनमा पुस्तकले मात्रै सुधार ल्याउछ। यो अभियानको मर्म पनि यहि नै हो। पुस्तक पढेर गल्ती स्वीकार्ने क्षमता बढ्न थालेको छ। मनोरञ्जन मिलेको छ। ज्ञान, सिप हाँसिल भइरहेको छ। कर्णालीका कारागारमा खोलिएका पुस्तकालय जीवन रुपान्तरणको बलियो माध्यम बनिरहेका छन्। पुस्तक पढ्न अभिप्रेरित हुनुहोस,बानी सुध्रेको पहिचान पुस्तक पढ्नु पनि हो। पुस्तक पढेर जीबन बदल्नेलाई असल बन्दीका रुपमा घोषित गर्ने कर्णाली प्रदेश प्रहरीले भन्दै आइरहेको छ। 

कैदीबन्दीलाई कार्पेट र भलिबल
जुम्लाका कैदीबन्दीलाई तिला गाउँपालिकाले कार्पेट र भलिबल दिएको छ  कारागारमा रहेका कैदी बन्दीलाई १७ मिटर कार्पेट र भलिबल दिएको हो। कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दे आएका कैदीबन्दीलाई पुस्तकालयमा बिछ्याउनको लागि र चिसोमा शारिरीक व्याम गर्नको लागि भलिबल दिएको तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णुमाया बुढाले जानकारी दिइन्।

तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले कारागारका चौकीदार खाम्बा रावतलाई भलिबल र कार्पेट हस्तान्तरण गरेकी थिइन्। कारागार भवनमा रहेको पुस्तकालयमा आवश्यक पर्ने कार्पेट उपलब्ध गराएको उनले बताइन्। कानुनभन्दा माथि कोही नहुने भएकोले कानुनको पालना सबैले गर्नुपर्ने बताए।

यता कैदीबन्दी जिमराज शाहीले कैदीबन्दीको लागि कर्णाली प्रदेशले खोलिएको पुस्तकालयमा भएको समस्यालाई बुझेर कार्पेट र भलिबल उपलब्ध गराइएको भन्दै खुसी व्यक्त गरे। आगामी दिनहरुमा पनि कैदी जीवन बिताइ रहेको तमाम साथीहरुको लागि सहयोगीका हातहरु फैलाउन अनुरोध गरिन्।  हाल  जुम्ला कारागारमा ८८ जना कैदिबन्दीहरु रहेका छन। जसमा २ जना महिला छन। भने ८६ जना पुरुष रहेका हुन।

प्रकाशित: २२ मंसिर २०७६ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App