हिँड्न समेत प्रतिबन्ध लगाइएका फुटपाथ खुला गरिए
चौतर्फी दबाब आएपछि स्थानीय प्रशासनले सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास वरपरका फुटपाथमा हिँड्न लगाएको प्रतिबन्ध हटाएको छ।
चौतर्फी दबाब आएपछि स्थानीय प्रशासनले सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास वरपरका फुटपाथमा हिँड्न लगाएको प्रतिबन्ध हटाएको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटारसम्मलाई निषेधित क्षेत्र तोकेको जानकारी दिएका हुन्।
सरकारले अति विशिष्टहरूको निवासमा ‘फंगि ट्रिटमेण्ट’ (साङ्ला, फट्याङ्ग्रा, धमिरा लगायतका किरा) व्यवस्थापन गर्ने नाममा मात्र हरेक वर्ष ५ लाख भन्दा बढी खर्च गर्दै आएको पाइएको छ।
गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमले दाहालले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।
पूर्वराष्ट्रपतिका पालामा दुवै संसदबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर आज राष्ट्रपति रामचन्द्र पौडेल कानुनविदहरुसंग छलफल गर्दैछन् ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाई हुँदैछ।
मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ।
मन्त्रिपरिषद् विस्तार लगायत विषयमा सत्ता साझेदार दलहरूबीच आज बिहान छलफल भएको छ।
सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।
'राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो, उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो,'
माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।