१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल नागरिकता विधेयकबारे छलफल गर्दै

पूर्वराष्ट्रपतिका पालामा दुवै संसदबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर आज राष्ट्रपति रामचन्द्र पौडेल कानुनविदहरुसंग छलफल गर्दैछन्।

आज दिउँसो कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

अघिल्लो सरकारको पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्।

सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ।प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुंगो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए।त्यसक्रममा कानुन व्यवसायीहरूले राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने सुझाव दिएका थिए।

प्रकाशित: २४ वैशाख २०८० ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App