१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरूबीच छलफल भएको हो। प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधन लगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ। 

प्रकाशित: १३ चैत्र २०७९ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App