१० मंसिर २०८१ सोमबार
image/svg+xml

रसुवाका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटक बढे

रसुवाका पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक आउने क्रम बढेको छ। जिल्लाको लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढीलगायतका क्षेत्रमा स्वदेशी पर्यटकको आगमन बढेको छ।

गोसाइँकुण्ड मेलामा एक लाख ३४ हजार भेटी

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा आएका तीर्थयात्रीले एक लाख ३४ हजार रुपयाँ भेटी चढाएका छन्।

हजार तीर्थयात्रीले लिए स्वास्थ्य सेवा

गोसाइँकुण्ड मेलामा आएका हजारभन्दा बढी तीर्थयात्रीले स्वास्थ्य सेवा लिएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अनुसार ६ दिनमा एक हजार आठजनाले सेवा लिएका हुन्। मेलाको समयमा लेक लाग्ने तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउनेभएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

गोसाइँकुण्ड मेलाबाट फर्किएका तीर्थयात्रीलाई शुक्रबार दही वितरण गरिएको छ। जनैपूर्णिमा मेला भरेर फर्किएका दुई हजार तीन सय तीर्थयात्रीलाई नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति र उत्तरगया कालिका वृद्ध समाजद्वारा दही वितरण गरिएको हो।

गोसाइँकुण्ड पुगे नाै हजार तीर्थयात्री

चलेको मेलामा ९ हजार १ सय ९१ ले मेला भरेको नेपाली सेनाद्वारा संकलित तथ्यांकमा उल्लेख छ।

गोसाइँकुण्ड गएका तीर्थयात्रीको लेक लागेर मृत्यु

गोसाइँकुण्डस्थित एक होटलमा बसेका उनलाई राति गाह्रो भएपछि स्वास्थ्यकर्मीले जाँच गरेका थिए। जाँच गर्ने क्रममा नै उनको निधन भएको प्रहरीले जनाएको छ।

गोसाइँकुण्ड जाने पदमार्ग मर्मत

गोसाइँकुण्ड जाने पदमार्ग मर्मत गरिएको छ। सोमबारदेखि लाग्ने गोसाइँकुण्ड मेलालाई ध्यानमा राखेर धुन्चे–गोसाइँकुण्ड पदमार्ग मर्मत गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

गोसाइँकुण्ड मेलाकाे दररेट ताेकियाे

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ। मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो।

दुई अप्रेसनमा २८ ओटा पासो बरामद

गत फागुन २० गते गोसाइँकुण्ड गाउँपालिका–६ सोलेको जंगलमा तीनओटा फलामका पासो फेला परे। वन्यजन्तु तथा पशुपक्षीलाई लक्षित गरी थापिरहेको अवस्थामा गस्ती टोलीले पासो फेला पारेको थियो। कालिका गाउँपालिका–१ चुर्पीडाँडामा वैशाख १४ गते १० थान पासो भेटिए। पासोमा एउटा लंगुर बाँदर फेला परेको थियो। जीवितै रहेकाले टोलीले उद्धार गरेर छाडेको थियो। त्यसको दुई दिनपछि कालिका गाउँपालिका–१ मूलखर्कमा पासो थाप्दै गर्दा १० थान पासोसहित एकजना पक्राउ परे। यी प्रतिनिधि घटना मात्रै हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको पाँचौं महाहन्ट अप्रेसनको क्रममा २८ ओटा पासो बरामद भएका छन्।

प्रि–फिजिबिलिटी अध्ययन सकियो, १ सय ८५ करोड लाग्ने

धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। अध्ययन सकिएसँगै केबलकार निर्माणका लागि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई प्रि–फिजिबिलिटी रिपोर्ट बुझाइएको छ।

गोसाइँकुण्ड मेला सुरु

गंगादशहराको अवसरमा मंगलबारदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ। मेला सुरु भएसँगै भक्तजनको आवागमन बढेको छ।

गोसाइँकुण्ड मेला तयारी सुरु

गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापनका लागि तयारी सुरु गरिएको छ । यही जेठ २१ देखि २९ गतेसम्म सञ्चालन हुने मेलाको तयारी सुरु गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । हरेक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ ।

लाङटाङ लिरुङमा आरोहण अनुमति

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएको छ। लाङटाङ लिरुङ आरोहणका लागि एउटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। जसमा दुईजना सदस्य छन्।

साउनी माफ गर्नु ल...

मैले बिदाइको हात हल्लाए पनि नाम सोध्न चाहिँ बिर्सेकै हो। तर त्यो गोलो गोलो चेहेरा, चिम्सा आँखा, खिरिलो ज्यान र मीठो स्थानीय सेर्पिनी लबज सम्झेकै छु। तिम्रो हार्दिकता टाँगिएको अनुहार। हामी छुट्टिने त्यो सबेर बिहानीका तिम्रा निद्रालु आँखा र बिसन्चिएको त्यो नानीको अबोध अनुहार पनि अझै आँखैमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्