२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

दैलेखमा बाँडियो अपांगता परिचयपत्र

अपांगता परिचयपत्र वितरण कार्यक्रममा सहभागीहरु । तस्विर : गोविन्द केसी/नागरिक

दैलेखमा अपांगता परिचयपत्र बाँडिएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बिन्द्रासैनी स्वास्थ्य चौकीमा अपांगता पहिचान, अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, मेडिकल रेफरल सेवा र परिचयपत्र वितरण शिविरको आयोजना गरिएको हो ।

विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल, पुनः स्थापना केन्द्र, बनेपा र स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटनमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेश कुमार शाहीले अपांगता भएका व्यक्तिहरूको पहिचान, उपचार, परामर्श र रिफरल सेवा मार्फत उपचारमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट समुदायका धेरै नागरिकहरुले लाभ लिएको बताए ।  

अपांगता भएका व्यक्तिहरू तथा अपांगता पहिचान हुन नसकेका व्यक्तिहरूको पहिचान गरी आवश्यक उपचार, सहायक सामाग्री वितरण, मनोसामाजिक परामर्श र सहयोग गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको सोसेक नेपालका महासचिव ललिता भण्डारीले बताईन् ।  

त्यस्तै नगर उप प्रमुख मनसरा कुमारी शर्माले शिविर मुख्यतया ५ वर्ष मुनिका बालबालिकाको अपांगता पहिचान, उपचार, परामर्श, रिफरल र पहिचान तथा परिचयपत्र वितरणमा केन्द्रित रहेको बताइन् ।

शिविरमा शारीरिक, मानसिक मनोसामाजिक, बौद्धिक, स्वर बोलाइ, सुनाइ, दृष्टि, लगायतका शारीरिक तथा बौद्धिक समस्याको उपचार, परामर्श र परीक्षण भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका मेडिकल अधिकृत डा.जगदिसचन्द्र महत जानकारी दिए ।  

शिविरमा ३० जना व्यक्तिको स्वास्थ्य परीक्षण गरी कुनै बालबालिकालाई रिफरल र अन्य बालबालिकालाई परिचयपत्र वितरणको लागि चामुण्डाविन्द्रासैनी नगरपालिकामा सिफारिस गरेको महतले बताए । गाउँमा अपांगता भएको ब्यक्तिहरु भएपनि पहुँच नहुँदा सेवासुविधाबाट बञ्चित रहेका बेला शिविरले राम्रो काम गरेको जनप्रतिनिधिहरुले बताएका छन् ।  

प्रकाशित: १५ पुस २०८२ १७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App