२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कागजी दौडमा सीमित शिक्षा

शिक्षा क्षेत्रमा ठूलै सुधार ल्याउने लक्ष्यसहित विगत एक वर्षमा आयोग बनाउने, रकम खर्च गर्ने, अध्ययन गराउने, प्रतिवेदन बनाउने र बुझाइएको प्रतिवेदन गायब गर्नेलगायत काम मात्र भए। शिक्षा सुधार गर्ने बहानामा शिक्षाका निकायहरूले विभिन्न समयमा समिति बनाएर सुझाव संकलन गर्ने तर संकलित सुझावलाई लत्याउँदै शिक्षाका पदाधिकारीहरू आफूखुसी काम गरेर शिक्षा क्षेत्रलाई नै तहसनहस बनाउनसमेत लागे।

आन्दोलनले विद्यार्थी परीक्षाबाट वञ्चित

पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम विपरीत डिप्लस ग्रेडका तीन सय ९१ विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाही नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।

विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन आदेश

पोखरा विश्वविद्यालयका ४२ सम्बन्धन प्राप्त कलेजहरूले विश्वविद्यालयको नियमविपरीत भर्ना गरेका कारण परीक्षा दिनबाट वञ्चित विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। विश्वविद्यालय विद्यापरिषद्ले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र स्नातक तह व्यवस्थापन संकायमा भर्ना गर्न निर्देशन दिएविपरीत सम्बन्धन प्राप्त कलेजहरुले ३ सय ९१ विद्यार्थीलाई भर्ना गरेका थिए। ती विद्यार्थी ‘डी प्लस’ ग्रेडका हुन्। विश्वविद्यालयले डी प्लस ग्रेडका विद्यार्थीको परीक्षा रजिष्ट्रेसन फाराम अस्वीकार गरेपछि उनीहरू परीक्षा दिनबाट वञ्चित भएका छन्।

नौ महिनादेखि बन्द एएफयू

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बन्द भएको नौ महिना नाघेको छ। आठवटा निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै एएफयूकै विद्यार्थी र प्राध्यापकले छुट्टाछुट्टै विरोध गरेका कारण गत असार २६ गतेदेखि सो विश्वविद्यालय बन्द भएको थियो।

कर्णाली बदल्ने सूत्र

कर्णाली प्रदेशले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर जडीबुटीमा थप अनुसन्धान गर्दै केमिकल र फर्मास्युटिकल कम्पनी खोल्ने योजना बनाउनुपर्छ। विश्वविद्यालयको सहभागिताबिना गरिने अनुसन्धानले परिणाम दिन सक्दैन। दिगो हुँदैन।

परीक्षा दिन पाउनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्। ती कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका थिए। विश्वविद्यालयले व्यवस्थापन संकायका नियमित विद्यार्थीहरूको वैशाख ६ गते (आज) देखि सञ्चालन हुने पुनः परीक्षासँगै आफूहरूको पनि परीक्षा हुनुपर्ने भन्दै पीडित विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे।

विद्यार्थी राजनीतिबाट किन आए कन्हैया कुमार संसदीय मैदानमा ?

मोदी नेतृत्वको सरकारको परीक्षा मानिएको यो निर्वाचनमा सत्ताधारी दल भारतीय जनता पार्टीको विपक्षमा एउटा नयाँ अनुहार पनि मैदानमा उभिएको छ। ती हुन् - कन्हैया कुमार।

विद्यावारिधि समकक्षता सवाल

दृश्य १ःदृश्य १ः स्ट्यानफोर्ड विश्वविद्यालय। गणित विभाग। सन् २०१४। गणितको नोबेल पुरस्कार मानिने फिल्ड मेडल विजेता गणितज्ञ मार्यम मिर्जाखानीकी एक छात्रा विद्यावारिधिको अन्तिम मौखिक परीक्षामा सहभागी हुँदै थिइन्। उनले आफूले गरेको शोधको प्रवचन दिइन्। प्रश्नोतरको पालो आयो। कमिटी सदस्य गणितज्ञहरूले प्रश्न राखे। आधाजति प्रश्नका उत्तरमा ‘मलाई थाहा छैन’ आयो। प्रश्नकर्ताले उक्त प्रश्नहरूको उत्तर आफूलाई पनि थाहा नभएको भन्ने खालका कुरा राखे। कमिटीकै एक सदस्य प्राध्यापक बोलरले आफ्नो चर्चित पुस्तक ‘म्याथम्याटिकल माइन्डसेट’ (पृष्ठ २२–२३) मा यो प्रसंग उल्लेख गरेकी छन्।। गणित विभाग। सन् २०१४। गणितको नोबेल पुरस्कार मानिने फिल्ड मेडल विजेता गणितज्ञ मार्यम मिर्जाखानीकी एक छात्रा विद्यावारिधिको अन्तिम मौखिक परीक्षामा सहभागी हुँदै थिइन्। उनले आफूले गरेको शोधको प्रवचन दिइन्। प्रश्नोतरको पालो आयो। कमिटी सदस्य गणितज्ञहरूले प्रश्न राखे। आधाजति प्रश्नका उत्तरमा ‘मलाई थाहा छैन’ आयो। प्रश्नकर्ताले उक्त प्रश्नहरूको उत्तर आफूलाई पनि थाहा नभएको भन्ने खालका कुरा राखे। कमिटीकै एक सदस्य प्राध्यापक बोलरले आफ्नो चर्चित पुस्तक ‘म्याथम्याटिकल माइन्डसेट’ (पृष्ठ २२–२३) मा यो प्रसंग उल्लेख गरेकी छन्।

पिएचडी प्रस्तुतिमा चुक्दा समकक्षता रोकियो

त्रिभुवन विश्वविद्यालयका ६ शिक्षकले भारतका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरे। तर त्रिविले उनीहरुले हासिल गरेको विद्यावारिधि उपाधिको समकक्षता निर्धारण प्रमाणपत्र दिएन। ती शिक्षकमध्ये केहीले समकक्षताका लागि आफैंले गरेको अनुसन्धानको प्रस्तुति चित्तबुझ्दो नदिएको र केही प्रस्तुति दिन नआएकाले समकक्षता निर्धारण प्रमाणपत्र प्रदान नगरिएको त्रिविले जनाएको छ।

३ सय बढी विद्यार्थीको भविष्य अन्यौल

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम मिच्दै आफूखुसी भर्ना गरेको तीन सय ९१ पिडित विद्यार्थीको समस्या विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सम्बोधन हुने आसा तुहिएको छ।

‘क्युएएले शैक्षिक संस्थाको गुणस्तर मापन गर्न सक्दैन’

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूलाई प्रदान गर्दै आएको क्वालिटी एसुरेन्स एक्रिडेसन (क्युएए) ले उच्च शैक्षिक संस्थाको गुणस्तर मापन गर्न नसक्ने आयोगले नै गठन गरेको एक समितिको अध्ययनले प्रस्ट पारेको छ।

शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने–'उपचार खर्चको चिन्ता लिनु पर्दैन'

बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका मध्ये ७ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले भेट गरेका छन।

विज्ञानका प्रयोगशालाको बेहाल

विश्व बैंक र विश्वविद्यालय अनुदान आयोगले सुरु गरेको ‘उच्चशिक्षा सुधार परियोजना’ अन्तर्गत खुला प्रतिस्पर्धाबाट गत वर्ष म प्राध्यापकमा नियुक्त भएको हुँ। नियुक्तिलगत्तै आयोगका तत्कालीन अध्यक्ष प्रा. डा. परासर कोइरालालाई भेट्दा उहाँ देशमा विज्ञान शिक्षा सुधारका लागि चिन्तित देखिनुहुन्थ्यो।

परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन्। व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ। तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए। ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकाले समस्या आएको हो।

कलेजविरुद्ध प्रदर्शन गर्दा नेविसंघका कार्यकर्ता परे प्रहरीकाे फन्दामा

पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजले परीक्षा दिनबाट वञ्चित गराएर विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्