२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिक्षामा १ खर्व ६३ अर्व बजेट, विद्यालयमा नि:शुल्क सेनटरी प्याड

आर्थिक वर्ष २०७६/०७७ मा शिक्षामा १ खर्व ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा विश्वविद्यालयका लागि १७ अर्ब ८४ करोड अनुदान दिइने बताए।

‘शिक्षा विधेयक फिर्ता लिनुको विकल्प छैन’

सरकारले विश्वविद्यालयमा राष्ट्रिय सभामा पेश गरेको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक,२०७५ मा विश्वविद्यालयका पदाधिकारीहरुको विश्वविद्यालयबारे निणर्य गर्ने अधिकार समेत खोस्ने भएको छ । स्वायत्त निकाय विश्वविद्यालयलाई आफ्नो नियन्त्रणमा लिने गरी शिक्षा विधेयक ल्याउने तयारीलाई विज्ञहरुले विश्वविद्यालयमाथिको सरकारी नियन्त्रण भनी आक्रोश भनेका छन् ।

अख्तियारको छानबिनमाथि आशंका

लिखित परीक्षाको नतिजा प्रकासनमा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरर्वार्ता सुरु गरेको छ।

राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताएका छन्।

त्रिवि सेवा आयोग तत्काल खारेज गर्न माग

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना

काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब स्थापना गरिएको हो । विकसित मुलुकहरुमा धेरै पहिलेदेखि स्वास्थ्य विज्ञान अध्यापनमा प्रयोग हुँदै आएका कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरुपहरु यो ल्याबमा रहेका छन् । मुलुकमै पहिलो पल्ट महिला तथा प्रसूतिसम्बन्धी ल्याब स्थापना गरिएको केयुको दाबी छ ।

‘विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राख’

विश्वविद्यालयलाई सरकारले नियन्त्रण गर्न खोजेको भन्दै पूर्वउपकुलपतिहरुले संयुक्त रुपमा विरोध जनाएका छन्।

यूएसएआइडीको कोष पदाधिकारीद्वारा दुरुपयोग

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मानवशास्त्र केन्द्रीय विभागका अधिकारीहरुले युएसएआइडीबाट प्राप्त कोषको दुरुपयोग गरेको पाइएको छ। मानवशास्त्र केन्द्रीय विभागका नाममा १४ करोड रुपैयाँका दुई फरक परियोजनाको रकम दुरुपयोग भएको हो। प्राडा अम्माराज जोशी, प्राडा निलमकुमार शर्मा, उपप्राध्यापक अवतार सुवेदी र राजेन्द्र खनाल सदस्य रहेको चारसदस्यीय छानबिन समितिले विभागमा सञ्चालन भएका परियोजनाका बारेमा हालै प्रतिवेदन बनाएर त्रिवि उपकुलपतिको कार्यालयलाई बुझाएको छ। त्रिवि कार्यकारी परिषद्को २४ नोभेम्बर २०१८ को निर्णयअनुसार गत नोभेम्बरमा छानबिन समिति गठन भएको थियो।

मध्यपश्चिम विश्वविद्यालयमा ‘लोकवार्ता विज्ञान’ को पढाई

नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ। मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो।

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेसन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयऔँ स्तरमा सूचीकृत भएको छ ।

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलगायत मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो।

त्रिविकै मिलेमतोमा संस्थागत शुल्क छुट

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजले बुझाउँदै आएको संस्थागत शुल्क त्रिवि कार्यकारी परिषद्सँगको मिलेमतोमा छुट भइरहेको पाइएको छ । त्रिवि कार्यकारी परिषद्ले निजी मेडिकलसँगको मिलेमतोमा संस्थागत शुल्क निर्धारण नगर्दा सम्बन्धनप्राप्त मेडिकल कलेजहरुले तिर्नुपर्ने करोडौं शुल्क तिर्नबाट उन्मुक्ति पाइरहेको तथ्य फेला परेको हो ।

चन्दाको नाममा अवैध असुलीमा छुट

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त अधिकतर निजी मेडिकल कलेजहरूले ‘चन्दा’ भन्दै सरकारले तोकेभन्दा १५ लाख रुपैयाँ बढी शुल्क असुली गरेको पाइएको छ। अवैध शुल्क असुल्नेमा शैक्षिक संस्थाहरू विराट, नोबेल, नेपाल, काठमाडौंलगायत आधा दर्जनभन्दा बढी मेडिकल कलेजहरू रहेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको मेडिकल कलेजको शुल्क विवाद उपसमितिमा परेको उजुरीमा ती मेडिकल कलेजहरूकमा अध्ययनरत विद्यार्थीसँग ‘चन्दा’ भन्दै अवैध शुल्क असुली गरेको तथ्य खुल्न आएको हो।

त्रिवि मैदानमा एकदिवसीय शृंखला

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, जहाँ नेपालले विभिन्न डिभिजनका खेल, विश्व क्रिकेट लिग र एसिसीका विभिन्न प्रतियोगितामा सफलता चुमेको छ।

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्