२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘अर्थतन्त्र बिग्रिनुमा गभर्नर दोषी’

अर्थतन्त्र चलायमान भएको, उद्योगधन्दा चलेको, पर्यटन क्षेत्र चलायन हुनेक्रममा रहेको, रेमिटेन्स आगमन वृद्धि भएको, राजस्व लक्ष्यअनुसार उठेको, ऋण प्रवाह भएको, बजेट खर्च भएकाले अर्थतन्त्रका सूचक चिन्ताजनक छैनन्। –जनार्दन शर्मा, अर्थमन्त्री

तीन पूर्वअर्थन्त्रीको आरोप: सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्‍यो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।

‘समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन’

रुस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उनले भने, 'यसको प्रभाव मुलुकमा देखिएको छ। उत्पादन क्षेत्रमा आवश्यक कच्चापदार्थको आपूर्ति प्रभावित भएको छ। आपूर्ति प्रणालीलाई समस्या परेको छ।

डिजिटल बैंकिङमा सेवाग्राही विश्वस्त हुनै बाँकी

नेपाल राष्ट्र बैंकले नोटको प्रयोगलाई निरुत्साहित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको छ। स्मार्टफोनको प्रयोग, इन्टरनेटको पहुँच वृद्धिले सहरदेखि ग्रामीण समुदायसम्म डिजिटल प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा लिने क्रम बढेको छ।

व्यापार घाटा मासिक डेढ खर्ब

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो।

नेपाल राष्ट्र बैंकलाई उद्योग सङ्गठनको सुझाव

विश्व बजारको परिवर्तित अवस्थाले वैदेशिक कच्चापदार्थमा निर्भर स्वदेशी उत्पादनमूलक उद्योगले सामना गर्नुपरिरहेको आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गरी तरलता प्रवाहको व्यवस्थापन तथा ब्याजदर नियन्त्रणका लागि जिल्ला उद्योग सङ्गठनले नेपाल राष्ट्र बैंकलाई केही सुझाव दिएको छ।

भुक्तानी प्रणालीमा डिजिटल क्रान्तिः निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो। रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो। दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे। तर, आज त्यो अवस्था छैन।

नोटबाटै बन्छ अब नेपालमा ब्रिकेट

नेपाल राष्ट्र बैंकलेपूराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि ब्रिकेट बनाउने भएको छ।

मिश्रित प्रभाव पर्न सक्छ: परिसंघ

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अघि सारेका प्रावधानले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा सार्वजनिक गरेको छ।

अनुत्पादक क्षेत्रको कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विभिन्न क्षेत्रको कर्जामा कडाइ गरेको छ। सेयर, गाडी, घरजग्गा, सेयर धितो लगायतको कर्जामा कडाइ गरेको हो।

भेटघाट तथा छलफललाई नाडाको तीव्रता

नेपाल अटो मोबाइल एसोसिएसन (नाडा) का अध्यक्ष ध्रुव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँगको भेटमा मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड कार्यान्वयनबारे छलफल गरेको छ।

विद्युतीय कारोबारमा ठगीका गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ। जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ।

राष्ट्र बैंकले माग्यो सात लाखभन्दी बढीको नगद कारोबारको विवरण

केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो।

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्