२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

भेटघाट तथा छलफललाई नाडाको तीव्रता

नेपाल अटो मोबाइल एसोसिएसन (नाडा) का अध्यक्ष ध्रुव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँगको भेटमा मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड कार्यान्वयनबारे छलफल गरेको छ।

सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रूपमा लिएको जनाउँदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रूपमा लागु गर्दे जानुपर्ने बताएका छन्।

त्यस्तै नाडाको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा चालु पुँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गर्दै तत्सम्बन्धमा पत्र समेत बुझाएको छ। सो भेटघाटमा बैंकहरूबाट निजी सवारी साधनको कर्जा लिँदा हालको सीमामा ५० प्रतिशत कायम गर्ने गरी लोन भेल्युको रेसियो कायम हुने व्यवस्थाका लागि आग्रह गरेको नाडाले जनाएको छ।  

प्रकाशित: २७ माघ २०७८ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App