२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गभर्नर अधिकारीमाथि छानबिन गर्न सांसदहरुको माग

नेकपा एमालेको अन्तरपार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनि समावेश गरिएका व्यक्ति नै भएको भन्दै छानबिन हुनुपर्ने।

गगन थापाकाे व्यंग्यः मैले गर्भनरलाई भनेकाे, एमालेका एम अधिकारीलाई भनेको लागेमा क्षमा चाहन्छु

‘मलाई शंका लागिरहेकै थियो।, बार्दली बा र यी बीच बा र छोराको नाता रहेछ, एउटाले बार्दलीमा बसेर नेपाललाई श्रीलंका बनाउँदैछन् भनिरहेको छ, एउटाले श्रीलंका बनाइरहेको छ।’

कसिलो मौद्रिक नीति आवश्यक

बाह्य क्षेत्रका कारण मुलुकको अर्थतन्त्र समस्यामा देखिँदै गएको बेला निजी क्षेत्रले विस्तारकारी मौद्रिक नीति ल्याउन माग गरेको छ। यो सर्वथा मुलुकको हित विपरित छ।

आगामी मौद्रिक नीति कसिलो आउने संकेत

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो खालको ल्याउने संकेत गरेका छन्।

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो डलरको भाउ

विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो।

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइन्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन्।

'स्वतन्त्र व्यक्तिले देश बनाउन सक्दैन, राजनीतिमा सफल हुन संस्थागत प्रक्रियामा जोडिनुपर्छ'

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।

नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

बढ्यो मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आई २०७८ चैत मसान्तमा रु ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु ११ अर्ब ७५ करोड रहेकोमा गत चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई रु नौ अर्ब ६१ करोड कायम भएको छ।

गभर्नरको मुद्दामा आज सुनुवाइ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। सर्वोच्च अदालतमा सुनुवाइ नसकिएका कारण आज (शुक्रबार) सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा रहेको हो।

राष्ट्र बैंकको कदमले पनि घटाउन सकेन आयात

चालु आवको नौ महिनामा १४ खर्ब ४४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। मुलुकको व्यापार घाटा १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। गत आवको १२ महिनामा व्यापार घाटा १३ खर्ब ९९ अर्ब रूपैयाँ थियो। चालु आवको नौ महिना गत वर्षको हाराहारीमा पुगेको छ। अहिले मासिक करिब डेढ खर्ब रूपैयाँको वस्तु आयात भैरहेको छ।

कुनै पूर्वाग्रह नराखी काम गर्छु: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।

गभर्नर अधिकारीलाई सर्वोच्चले काममा फर्कायो

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्दै बुधबारदेखि काममा फर्कन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। यो आदेशसँगै गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले बनाएको समिति तत्कालका लागि अर्थहीन बन्न पुगेको छ। सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका थिए।

शतप्रतिशत बढ्यो महँगी

गत वर्षको तुलनामा मूल्यवृद्धि शतप्रतिशतभन्दा बढी रहेको छ। गत वर्ष फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.०३ प्रतिशत रहेकामा यो वर्ष सोही अवधिमा बढेर ७.१४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष कोभिडका कारण वस्तुको खपत कम थियो। मूल्यवृद्धि नियन्त्रणमा थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्