५ आश्विन २०८१ शनिबार
image/svg+xml

न्यायका लागि लड्दै निहारिका

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि पाँच बुँदे माग राख्दै संघीय राजधानीको वसन्तपुर दरबार क्षेत्रमा चार दिनदेखि अनशन बसेकी छन्।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध बनेको हो।

क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने सात नेपाली पक्राउ

बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।

एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो।

सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्।

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

एक सय ९७ तोला चाँदीसहित पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भइ गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक छन्।

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने व्यक्ति पक्राउ

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन्।

चितवनको नारायणगढमा भीषण आगलागी

नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ। तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ।

रञ्चुला साउद मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ।

धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ।

बाघले बेपत्ता बनाएको शव भेटियो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।

ताप्लेजुङमा म्यादीमा ५ सय बढी आवेदन

अधिकारीका अनुसार आवेदन दिएकामध्ये ४२ पुरुष र १२ महिला गरी ५४ जना पूर्वम्यादी प्रहरी रहेका छन्। पहिलो दिन १ सय ४२ पुरुष र २८ महिला गरी १ सय ७० जनाले आवेदन दिएका थिए।

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्