५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा म्यादीमा ५ सय बढी आवेदन

म्यादी भर्ना खुलेको दोस्रो दिनसम्ममै ताप्लेजुङमा ५ सय बढीले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार भर्ना खुलेको दोस्रो दिन नै ५ सय १३ जनाले आवेदन दिएका छन्। मागिएको पदसंख्या भने ६ सय ६७ जना हो।

अधिकारीका अनुसार आवेदन दिएकामध्ये ४२ पुरुष र १२ महिला गरी ५४ जना पूर्वम्यादी प्रहरी रहेका छन्। पहिलो दिन १ सय ४२ पुरुष र २८ महिला गरी १ सय ७० जनाले आवेदन दिएका थिए। दोस्रो दिनसम्ममा ३ सय ८१ पुरुष र १ सय ३२ महिलाले आवेदन दिएका छन्। आवेदन दिने म्याद चैत ११ गते साँझ ५ बजेसम्म रहेको छ।

प्रकाशित: ९ चैत्र २०७८ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App