७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बाघले बेपत्ता बनाएको शव भेटियो

फाइल तस्बिर।

बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।

उनको शव जितपुरघाटमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो।

बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। शव ११ः२० बजे भेटिएको हो। 

प्रकाशित: २६ चैत्र २०७८ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App