६ आश्विन २०८१ आइतबार
image/svg+xml

विपद् र पुनर्निर्माणको साइनो

कसोकसो नरबहादुर पार्की र कलक सार्की भने बाँचे। सरकारबाट मृतकका परिवारले पाउने राहत पाए पनि घर बनाउन पाउनुपर्ने अनुदानचाहिँ अझै पाएका छैनन्। अनुदानको आशमा जिल्ला प्रशासन कार्यालय धाउन भने छाडेका छैनन्।

म्यानमारमा भीषण वर्षापछिको बाढीः ४५ हजार बढी मानिस बिस्थापित

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।

प्याराग्लाइडिङः बिस्थापितको त्रासमा पदकधारी खेल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको आकाशमा झन्डै अढाईदशकदेखि भईरहेको प्याराग्लाइडिङको व्यवसायिक उडान अनिश्चित भईरहँदा खेलकुदको क्षेत्रमा भने यही प्याराग्लाइडिङले दिलाएको पहिचान भिन्दै छ। त्यसैले केहीगरि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान बिस्थापित भएमा त्यसले पर्यटनमा मात्र नभई खेल क्षेत्रमा कमाएको ख्यातीमा पनि प्रभाव पार्ने चिन्ता खेलकर्मीको छ।

द्वन्द्वकालमा सेवाबाट बिस्थापित ताप्लेजुङका ५ जना शिक्षकलाई पुर्नवहालीको पत्र

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले यसपहिले जुन पालिकाबाट बिस्थापित भएका थिए,सोही पालिकालाई बोधार्थ दिएर सम्बन्धित पालिकामा सम्पर्क गर्न भनेको छ।

प्याराग्लाइडिङ व्यवसायी र पाइलट भन्छन्ः हामी सुध्रेनौं, त्यसैले विस्थापित हुने अवस्था आयो

प्याराग्लाइडिङका पाइलट र व्यवसायीका अनुसार यो क्षेत्रमा बग्रेल्ती समस्या थिए। तिनै समस्या बेलैमा समाधान नहुँदा पोखराको आकाशबाट सधैंका लागि बाहिरिनुपर्ने अवस्था आउन थालेको उनीहरुको स्वीकारोक्ति छ। पछिल्लो दुई वर्ष मिलेर काम गर्न सकेको भए नियमनकारी निकाय पनि पोखरामै प्याराग्लाइडिङ उडानलाई राखिरहन बाध्य हुने अवस्था आउन सक्ने भएपनि त्यो समय गुज्रिसकेको उनीहरुको भनाई छ।

विस्थापितको चरणमा पुगेका पदमार्ग ब्यूँताउँदै व्यवसायी

अहिले कोरोना संक्रमण कमजोर भएको छ। यही सहज मौका पारेर पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले विस्थापितको चरणमा रहेका पदमार्गलाई पुनः ब्यूँताउने प्रयास थालेको छ। त्यसको सुरुवात पर्वतको लेस्पारबाट सुरु गरेको छ।

पहिरोले एक परिवार बिस्थापित

पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् । पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।

नक्सामा सडक र फिल्डमा घर हुँदा आरुघाटका बिस्थापितले मुआब्जा पाएनन्

आरुघाट गाउँपालिका साविक आरुचनौटे १ का राजकुमार गुरुङको कित्ता नम्बर ६४४ भएको जग्गा बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्छ ।

स्थानीय भन्छन्ः 'राहत दिनुपर्ने जनप्रतिनिधिले आहत दिए'

सम्बन्धित पक्षलाई पटक पटक जानकारी गराएको भए पनि कसैले चासो नदिएको स्थानीयको आरोप छ।

भूकम्पबाट बिस्थापितका पीडा

सरकारले बल्लबल्ल भूकम्पका कारण बिस्थापित भएकालाई अन्यत्र सुरक्षित ठाउँमा बसोबास गर्न भन्दै जग्गा किन्न दुई लाख रुपियाँ दिने निर्णय गरेको छ तर न उक्त दुई लाखले जग्गा आउने अवस्था छ न त जग्गा आइहाले पनि गरिखाने अरु आधार नै त्यहाँ उपलब्ध छ । यस्तो अवस्थामा बिस्थापितका लागि यो सरकारी सहयोग ‘निल्नु न ओकल्नु’ सावित भएको छ । रसुवाको यार्सा–४ स्थित यस्तै बिस्थापितका बस्ती यो पीडाको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

दशैँ मनाउन बिस्थापित गाँउ फर्के

भूकम्पको कारण बिस्थापित भएर जिल्लाको बिभिन्न स्थानमा बसिरहेका हाकुका बिस्थापितहरू दशैँ मनाउन गाउँ फर्केका छन्। गाउँमा सुख्खा पहिरो झरेर २९ महिनाअघि बिस्थापित भएका उनीहरु दशैँ मनाउन गाउँ फर्किएका हुन्।

रंगेली–उर्लावारी राजमार्ग बगायो, सयौं परिवार बिस्थापित

बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। पूर्वी क्षेत्रको यात्राका लागि बैकल्पिक राजमार्गको रुपमा प्रयोग भइरहेको उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्