रसुवा पहिरो अपडेट : पुरिएका ४ शव भेटियो, अन्यको खोजी कार्य जारी
रसुवाको टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ।
रसुवाको टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ।
रसुवाको टिमुरेमा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ।
दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको पहिरोमा घर पुरिनुका साथै एक जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
अबिरल बर्षात पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ। घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो।
अविरल वर्षाका कारण जाजरकोट सदरमुकाम खलंगा बजार प्रवेश गर्ने सडक खण्ड अन्तर्गत खहरे खोलामा पहिरो जान थालेको छ। लगातार जसो पहिरो जान थालेपछि त्यस क्षेत्रको यातायात अधिकांश समय अवरुद्ध हुने गरेको छ।
बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ।
पहिरोमा परेर जारकोटमा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अविरल बर्षा पछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका ६ गर्खाकोट छिर्कमा ५५ बर्षिया ललि बुढा र उनकै नातिनी ९ बर्षिया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।
मंगलबार दिउँसो देखिको अविरल वर्षासंगै आएको बाढीले जिल्लाको बुर्तिबाङ बजारमा ठूलो क्षति पुर्याएको छ। बाढी पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा दर्जन घर पुरिएका छन्।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन्।
गोरखाको सहिदलखन गाउँपालिका–६ अधेँरीमा पहिरोले घर पुरिँदा आठ महिने वालकसहित तीन जनाको मृत्यु भएको छ।
भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोको कारण अवरुद्ध बनेको छ।
भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ।