५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोका कारण अवरुद्ध मुग्लिन सडकखण्ड सुचारु

चितवन -आज बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो।

टोपे खोलामा आज बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान ०९ः४५ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

पहिरो पन्छाउनका लागि दुबैतर्फबाट डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसंगै पहिरोका कारण रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडक निर्माणका क्रममा बिभिन्न ठाउँमा भित्तो काटिएका कारण जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भन्दै सजग भएर यात्रा गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ।

 

 

प्रकाशित: ३ श्रावण २०७५ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App