५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले घर पुर्दा दुईको ज्यान गयो

जाजरकोट- पहिरोमा परेर जारकोटमा  २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अविरल बर्षा पछि  घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका ६ गर्खाकोट छिर्कमा ५५ बर्षिया ललि बुढा र उनकै नातिनी ९ बर्षिया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी रविन्द्रवहादुर सिंहका अनुसार घरमुली भक्तबहादुर बुढाको घर पहिरोले  बिहीबार राती ११ बजेतिर  भत्कीदा उनीहरुको मृत्यु भएको हो। घरमुली भक्तबहादुर, उनकै नाती १३ बर्षिय पारस बुढा र ७ बर्षिया नातिनी खिमा बुढा घाईते भएको प्रहरीले जनाएको छ। घाईते मध्य अन्यको अवस्था सामान्य भएपनि खिमाको अवस्था गंभिर रहेको प्रहरी प्रमुख  सिंहले बताए। मृतकको पोष्टमार्टम र घाईतेलाई थप उपचारका लागी सदरमुकाम ल्याउने तयारी भैरहेको छ।

 ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट शुक्रवार गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे एक बजे मात्र मृतकको उद्धार गरेको थियो। पहिराले घर माथिको रुख नै बगाउँदा घर पुरिएको  बताइएको छ । घटना स्थल सदरमुकाम खलंगावाट तीन दिनको पैदल दुरीमा छ।

 

प्रकाशित: ४ श्रावण २०७५ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App