पहिरो प्रभावितलाई सहयोग
बडिमालिका नगरपालिका ४ रिलाका पहिरो प्रभावितलाई राहत सामाग्री सहयोग गरिएको छ। वडा कार्यालयसँगको सहकार्यमा सहयोगी हातहरुको समूह सहास नेपालले बलाङ्गकेट सहीत बालबालिकाका लागि स्वेटर तथा न्यानो लुगा सहयोग गरेको हो।
बडिमालिका नगरपालिका ४ रिलाका पहिरो प्रभावितलाई राहत सामाग्री सहयोग गरिएको छ। वडा कार्यालयसँगको सहकार्यमा सहयोगी हातहरुको समूह सहास नेपालले बलाङ्गकेट सहीत बालबालिकाका लागि स्वेटर तथा न्यानो लुगा सहयोग गरेको हो।
पाँच गाउँ सुनकोसी नदीमा सुलुत्त बिलय गराउँदै १ सय ४५ स्थानीयको ज्यान लिएको जुरे पहिरो घटनाका पीडितले सरकारको पछिल्लो निर्णय आफूहरुलाई अमान्य रहेको बताएका छन्। उक्त निर्णय सच्याएर तत्काल राहत वितरण नथाले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत पीडितले दिएका छन्।
गाउँपालिकाका वाढी पहिरो पीडितका लागि जग्गा खरिद गरिएको छ। जिल्लाको मदाने गाउँपालिकाले वडा नम्बर ३ का वाढी पहिरो पीडीतका लागि घर बनाईदिने भन्दै जग्गा खरिद गरेको हो।
विश्वनाथ प्रावि वष्टीका विद्यार्थी पहिरोमा बसेर पढ्न बाध्य छन्। डर र त्रासका साथ पहिरोले बगाएको ढुंगामा बसेर पढ्नुपर्ने बाध्यता आइलागेको विद्यार्थीहरू बताउँछन्।
पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ।
नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तलब वापत प्राप्त ९० हजार उपलब्ध गराएका छन्।
रसुवाको कालिका गाउँपालिकाले बाढीपहिरो पीडितलाई जाली र रकम वितरण गरेको छ। वर्षाको समयमा बाढी र पहिरोले क्षति पुर्याएको परिवारलाई गाउँपालिकाले सामग्री र रकम सहयोग गरेको हो।
भदौ अन्तिमसाता गएको मर्स्याङ्दी पहिरोका कारण कतै भत्किएर त कतै पहिरोले पुरेर अवरुद्ध बन्दै आएको लमजुङ–मनाङ सडकमा सवारी आवागमन सुचारु भएको छ। भदौ २७ गते तीजको दिनमा परेको भीषण वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मतसम्हार गरिएपछि आइतबार दिउँसोदेखि यातायात सेवा सञ्चालन गरिएको हो।
फाटेको जमिनले पहिरोको रुप लिएपछि खोटाङको मात्तिमका ३ घर उच्च जोखिममा परेका छन्। वर्षा सुरु भएपछि २०७४ सालमा सुरु भएको पहिरोले साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई, मेघबहादुर राई र जिपबहादुर राईको घर उच्च जोखिममा परेको हो।
मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ महादेव खोलामा रहेको लघु जलविद्युत आयोजनाको पाइप पहिरोले बगाउदा असोज ९ गते रातीबाट स्थानीय ३ सय घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन्।
बुढानिलकण्ठ नगरपालिका–५ का स्थानीय चित्रबहादुर बस्नेतले टुसालडाँडामा पहिरो जान्छ भनेर कल्पनासमेत गरेका थिएनन्।
पहाडै–पहाड पूर्वपश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पाँचथरमा पर्ने दोरिम्बा–चिवाभन्ज्याङ खण्ड पहिरोले छियाछिया भएपछि यात्रु सास्ती खेप्न बाध्य भएका छन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन्।
चट्टानी पहिरोले जिल्लाको बडिगाडखोला गाउँपालिका–७ भिमगिठेको तुरतुरेमा थुनिएको खोला बिस्तारै आफ्नो गतिमा बग्न थालेको छ।
जिल्लाको बडिगाडखोला गाउँपालिका–७ भिमगिठेको तुरतुरेमा पहिरो झरेर बडिगाड खोला थुनिदा दुई किलोमिटर लामो ताल बनेको छ।