३ आश्विन २०८३ शनिबार
image/svg+xml

एमाले आफ्नै बाटो हिँड्छ, खुट्टा तान्दै गर : ओली

ओलीले आफू रोएको, पार्टीको नाम र चुनाव चिह्नसमेत गुम्ने अवस्था आएको भन्दै निराश भएकोजस्ता समाचार प्रकाशित भएको भन्दै सञ्चारमाध्यमप्रति व्यंग्य गरे।

देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी

थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए।

संविधानको एक दशकः गाउँमा ‘सिंहदरबार’ पुग्यो, तर अडिएनन् युवा र जनसङ्ख्या

लमजुङमा संविधान कार्यान्वयन र सङ्घीयतापछि सरकारी सेवा नागरिकको घरदैलोमै पुगे पनि रोजगारी र सुशासनको अभावमा बसाइँसराइ रोकिन सकेको छैन।

संविधान दिवस : पिछडिएको वर्गका लागि अधिकार र पहिचानको आधार

संविधान निर्माण भएसँग मुलुकमा सङ्घीयता लागू भयो। संविधान जारी भएपश्चात् पाँच विकास क्षेत्र र १४ अञ्चललाई सात प्रदेशमा विभाजन गरियो।

आर्मीको पोष्टमा लगिएको विद्युत प्रवाहबाट ‘रोनाल्डो’ हात्तीको मृ*त्यु

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै हात्तीको मृ*त्यु भएको हो।

ट्रम्पको नयाँ कदमले भारत र चीनमाथि १०० प्रतिशतसम्म कर लगाउने बाटो खुल्यो

यससँगै रूसबाट तेल तथा ग्यास खरिद गर्ने प्रमुख देशहरूमाथि १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउन सक्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई प्राप्त भएको छ।

संघीयताको जस लिन होडबाजी

संविधान जारी भएको ११ वर्ष पुग्दै गर्दा संघीयता स्थापनाको राजनीतिक श्रेय कसले लिने भन्ने बहस फेरि सतहमा आएको छ।

संविधानमा भएको व्यवस्थाभन्दा दायाँ बायाँ गर्ने छुट हामी कसैलाई पनि हुँदैन : अध्यक्ष दाहाल

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भई कार्यान्वयनका ११ वर्ष व्यतीत हुँदा यसमाथिको समीक्षा सुरु भएको छ।

चन्द्रमामा मस्कले बनाउने भनेको ‘सेल्फ-ग्रोइङ’ सहरलाई पुग्ने पानी पर्याप्त छैन : अध्ययन

उनीहरूले चन्द्रमामा करिब तीन करोड ४० लाख टन पानी रहेको अनुमान गरेका छन्। तर यो अनुमान कम हुन सक्ने भन्दै अध्ययनमा एक अर्ब टन पानीलाई आधार मानेर पनि हिसाब गरिएको छ।

कुशको श*व बनाएर पत्रकार थामीको अन्त्येष्टि

भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको श*व बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

संविधानका ११ वर्ष: अर्थतन्त्रमा ‘ब्याक गियर’

मानवीय कमजोरी एवं देशको राजनीतिक परिवर्तन र सत्ता हत्याउने विभिन्न दाउपेचबिच भएका विभिन्न आन्दोलनले पनि मुलुकको आर्थिक गतिविधिलाई निकै प्रभाव पारेको छ।

संविधानले नागरिकलाई आलोचना गर्ने अधिकार दिएको छ : सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संविधानले नागरिकलाई आफ्ना विचार निर्धक्क राख्ने र आलोचना गर्ने अधिकार दिएको बताएका छन्।

एक महिनाभित्र काठमाडौंमा ३०१ जना हराए

परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार भदौमा प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा एक हजार ११५ उजुरी दर्ता भएका थिए, जुन सबै फर्छ्यौट गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्