३० कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार हिजो (आइतबार) साँझ ७:३० बजे भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ। साथै प्रहरीले श्रद्धालु भक्तजनलाई निर्धक्क भएर पूजामा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App