नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ।
प्लेअफमा पहिलो क्वालिफायर, दोस्रो क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्। फाइनल खेल शनिबार साँझ ५ बजे हुनेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल मंगलबार (भोलि) साँझ ५ बजे हुनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ।
एलिमिनेटर खेल बुधबार साँझ ५ बजे काठमान्डु गोर्खाज र चितवन राइनोजबिच हुनेछ। एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।
दोस्रो क्वालिफायर बिहीबार साँझ ५ बजे हुनेछ। यसमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेता भिड्नेछन्।
फाइनलमा पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजेता भिड्नेछन्।

प्रकाशित: ३० कार्तिक २०८३ ०७:११ सोमबार





